युट्युव च्यानलप्रति जनमानसको मान्यतालाई यसरी तोड्यो रमेशराजको ‘राखी’ ले, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७५, बिहीबार

‘राखी’ को अत्याधिक चर्चासँगै उत्साहित रमेशराज, हेर्नुहोस् भिडियो
पछिल्लो समय नेपाली गायन क्षेत्रका कलाकारहरुको अन्तिम बाँच्ने आधार युट्यु बनिरहेको छ । राम्रो सिर्जना ल्याए गीतले राम्रो चर्चा अवश्य दिनेछ भन्ने उदाहरण पछिल्लो समय रमेशराज भट्टराईको ‘राखी’ गीतले प्रमाणीत गरेको छ । साथै गीत चर्चागर्न योग्य भए अपलोड गरिएको च्यानल नै दरो हुनुपर्छ भन्ने मान्यतालाई पनि यो ‘राखी’ गीतले तोडिदिएको छ । बरु गीत गहकिलो भए च्यानललाई नै सपोर्ट हुने सावित गरिदिएको छ ।

नोभेम्बर २२ मा गायक रमेशराज भट्टराईको अत्यन्तै न्युन सब्सक्राइब भएको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिसएको हो । ‘राखी’ गीतका शब्द, संगीत र स्वर नै अब्बल र भिडियो पनि उतिकै उत्कृष्टताका कारणले नै हुनुपर्दछ गीतले अपलोड भएको छैटौं दिनमै १२ हजार सब्सक्राइबर कमाउन सफल भयो । क्रमशः गीतको भिउज, कमेष्ट र लाइक पनि बढ्दै गयो । अन्ततः गीत ट्रेयिडङमै पर्न सफल भयो । डिसेम्बर १ मा १८ औं स्थानमा रहेको गीत १ दिन पछाडि डिसेम्बर २ मा नै १६ औं स्थानमा रहन सफल भयो ।

सार्वजनिक गीतमा रमेशराज भट्टराई कै शब्द तथा संगित र स्वरमा रहेको छ । यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र शिल्पा पाखरेलको अभिनय रहेको गीतको भिडियोलाई क्रान्ती केसिले निर्देशन गरेका छन् । यो समाचार तयार पारेको समयमा गीत २७ औं ट्रेण्डिङमा पर्न सफल भएको छ । युट्युवमा गीतलाई १३ हजार बढीले लाइक गरेका छन् भने १ हजार बढीले कमेष्ट गरेका छन् । कमेष्ट प्रायसबै सकारात्मक छन् ।

गीत सोचे भन्दा धेरै सफल भएको भन्दै चर्चित गायक रमेशराज भट्टराईले भने ‘गीत आफ्नै च्यानलबाट पब्लीस गरियो, चिन्ता पनि थियो । तर उत्कृष्टतामा कुनै कम्प्रोमाइज नगरे दर्शक श्रोताले जहाँ जसरी नि खोजी खोजि हेर्नु र सुन्नु हुने रहेछ । उत्साहजनक रुपमा दर्शक श्रोताको माया र हौसला पाईरहेको छु , धेरैले आफ्नै जीवन संग मेल खाएका कुराहरु पनि गर्नुहुन्छ ,कसैले गीत सुनेर रोएको प्रतिक्रिया पनि दिनुभएको छ । जे होस् को प्रतिक्रियाले मलाई थप उर्जा मिलिरहेको छ । आगमी दिनमा पनि अझ राम्रो गर्ने कोशिष गर्नेछु ।’

 

रमेशराज आधुनिक र लोकदोहोरी क्षेत्रमा उतिकै क्रियाशिल रहँदै आएका छन् । उनका प्राय सिर्जनाहरुले दर्शकको मन मुटुमा अड्डा जमाउन सफल भएका छन् । छुट्टै पहिचान बनाउन सफल गायक रमेशराजलाई उत्तरोत्तर प्रगतीको कामना ।

हेर्नुहोस् भिडियो :

यो पनि पढ्नुहोस्

रमेशराजकी ‘नथियावाली’ रिस्ता बनेपछि चर्चामा ! हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु