आमालाई गुमाउनु पर्दा रोकिएनन् रवि ओड का आँशु !

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७५, बुधबार

काठमान्डौ , रबि ओड अहिले सेती अन्चल आस्पताल परिसर मै छन् । उनका आखा मा नरोकिएका आँशु अनि शुभचिन्तकको फोनले हृदय छिया छिया भएको मन समाल्न खोज्छन तर सक्दैनन । नेपाल आइडल सिजन- २ का विजेता रवि ओड की आमा विष्णादेवी ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार बिहान पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेपछि घाइते विष्नादेवीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेको हो ।

उपचारका लागि पद्मा अस्पताल पुर्‍याइएको उनलाई सेती अञ्चल अस्पताल रेफर गरेको थियो । सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेकाे सेती अञ्चल अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्णबहादुर बोहराले बताए । दोस्रो नेपाल आइडलको उपाधि जिते का रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै व्यस्त छन् । जन्म दिने आमा लाई पहिले नै गुमाइसकेका रविका तीन भाइ र दुई बहिनी छन्। रविसहित उनका भाइबहिनीलाई विष्नाले नै हुर्काएकी थिइन्। रविका बुबा कामकाे सिलसिलामा भारतमा रहेका छन् ।

 

‘नेपाल आइडल’ को खुसी मनाउँदै गरेका रवि ओडको परिवारमा ठुलो बज्रपात, ४५ वर्षिय आमाको निधन !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु