आरसी कोइरालालाई कोरियामा अन्तराष्ट्रिय सम्मान

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७९, शनिबार

कोरिया । लामो समयदेखी कला संस्कृतिको सम्बर्दन तथा प्रबर्दनमा योगदान दिंदै आएका संस्कृति अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

कोरियाको छनान शहरमा आयोजना भईरहेको Federation of International Dance Festivals “FIDAF” को दशौं वार्षिकउत्सव तथ General Congress ले विस्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्ने मध्यबाट नेपालको प्रतिनिधित्व गर्ने श्री आरसी कोइराला FIDAF Best Activity Country Award 2021 बाट सम्मान गरेको छ। ३० बर्ष भन्दा बढी नेपाली कला संस्कृतिको साथै विस्वको कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्दै आएका कोइराला विगत १० बर्ष देखी FIDAF को कार्य समितिको उच्च पदमा रही काम गर्दै आएका छन् ।

कोइरालाले विश्वको कला संस्कृतिको सम्बर्दन तथा प्रबर्दन पू¥याएको योगदानको आधारमा FIDAF Best Activity Country Award 2021 बाट सम्मानित भएका हुन् ।


२४ बर्ष अघी एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्वा जगतमा पुर्याउदै आएका कोइराला FIDAFलगाएत बिभिन्न अन्तर्राष्ट्रिय संघ सस्थामा आबद्द छन् ।

नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गर्दै आएका कोइरालाले यो सम्मानले अझ जिम्मेवरि थपेको बताए । कोइरालालले भने –‘मैंले अन्तर्राष्ट्रिय मंचहरुमा थुप्रै सम्मान पाइसकेको छु । तर नेपालमा गणतन्त्र आए पछी राष्ट्रले कुनै उच्च सम्मान गरेको छैन । तर पनि कनै गुनासो छैन । यहाँ देशको झन्डा बोक्नेलाई कसैले सम्मान गर्दैन, सम्मान पाउन पार्टीको झन्डा बोक्नु पर्ने रहेछ जस्तो महशुष हुन्छ । यदी मैले पनि कुनै पार्टी को झन्डा बोकेको भए हरेक बर्ष हुने बिभिन्न सम्मान बिभुषण बाट सम्मान हुने थियँ होला तर राष्ट्रको झन्डा बोक्नेलाई कस्ले सम्मान गर्छ र खै ?’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु