• कोरोना संक्रमण पुष्टि पछि होम आईसोलेशनमा ऋषि धमला

    म्यूजिक खबर
    प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

    काठमाडौँ। चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ। समाजिक सञ्जाल फेशबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको धमलाले जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको ९कोभिड–१९० स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।’

    उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत बन्न र आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला। म आजैबाट होम–आईसोलेशनमा बसेको छु। यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु