• ‘दिल दुखायौ तिमीले मेरो’ भन्दै रुद्रसेन र अन्नु

    म्यूजिक खबर
    प्रकाशित: १३ पुष २०७७, सोमबार

    काठमाडौं । लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको युगल स्वरमा ‘‘दिल दुखायौ तिमीले मेरो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको रहेको छ ।

    उक्त भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराईली र रेणु लिम्बूलाइ फिचर्ड गरिएको छ ।

    नीरकुमारी विश्वकर्मा सविना द्धारा निर्मित यस भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु