अपलोड भए लगतै अमरको ‘सिल्की कपाल’ ट्रेण्डिङमा

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७७, मंगलवार

काठमाडौं । गीतकार अमर बान्तुको गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर रहेको दीपक शर्माको सङ्गीत रहेको छ ।
गीत सार्वजनिक भएसँगै ट्रेण्डिङमा समेत पर्न सफल भएको छ । यो समाचार तयार पारिरहँदा गीत १६ नं. ट्रेण्डिङमा रहेको छ । गीत लगातार ट्रेण्डिङको शिरतिर दौडिरहेको छ ।
शाहस शाक्यको एरेञ्ज र किशोर थापाको मिक्सिङ छ ।

सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन र आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजको अभिनय छ । पवन शुसलिङको छयाँकन रहेको भिडियोेमा सरोज अधिकारीको सम्पादन छ ।

द कार्टुन क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक श्रोताले मन पराएर लाईक, कमेन्ट र शेयर पनि गरिरहेका छन् । गीत टिकटक मा पनि रुचाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु