सहकार्य फापेको जोडी ध्रुब र सहिमाको नयाँ कोशेली ‘पियारी’

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७८, आईतवार

काठमाडौँ । गायक ध्रुब बिस्को र गायिका सहिमा श्रेष्ठको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘पियारी’ बोलको गीतमा शब्द तथा संगीत समेत स्वयं गायक ध्रुब बिस्कोको नै रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । ए वान म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डडिष्ट राजेश श्रेष्ठ हुन् ।

नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि ध्यान केन्द्रित गर्दछ । नेपालमा बेरोजगारको समस्याको कारणले बाध्यताले प्रदेशिनुको पिडालाई गितमार्फत देखाउन खोजिएको छ ।

सबिर श्रेष्ठको निर्देशन रहेको भिडियोमा नायिका सुरबीना कार्की र रमेशचन्द शोडारीको अभिनय देख्न सकिन्छ । ईश्वर सिन्केमनाले छायांकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । कलर रेनिश फागोको छ । गीतलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको छ । नेपालमा बेरोजगारको समस्याको कारण बाध्यताले प्रदेशिनुको पिडालाई गीतको भिडियोमार्फत देखाउन खोजिएको छ ।

गायक बिस्को र गायिका श्रेष्ठको सहकार्यलाई सांगीतिक क्षेत्रमा फापेको सहकार्य मानिन्छ । यी दुईको स्वर रहेका– राइफलको सिरानी, पियारी, सिल्की कपाल लगायतका सांगीतिक कोशेलीले यस अघि पनि राम्रो चर्चा पाउन सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु