सज्जा चौलागाईं र बलबहादुरको ‘के यस्तो माया बस्यो नि’

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

काठमाडौंँ । रियालिटी शो ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ’ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजवंशीको स्वर रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।

हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय देख्न सकिन्छ । भिडियोले एकै गाउँका दुई किशोर किशोरीको गाउँले परिवेशमा झाँगिएको प्रेम व्यक्त गरेको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमला सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु