
काठमाडौं । साइबर ब्यूरोले युट्युब भिडियोमा असभ्य र अमर्यादित बोलेको भन्दै कमेडियन तथा पडकास्टर सज्जन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमलाई आइन्दा त्यस्तो नगर्ने सर्तमा सम्झाएर छाडेको छ ।
साइबर ब्यूरो स्रोतका अनुसार तीनैजना कमेडियन र पडकास्टरलाई कार्यालयमा बोलाएर सचेत गराइएको हो ।
श्रेष्ठले युट्युबमा ‘इन द लास्ट कोइसन’ शो चलाउँदै आएका थिए । उक्त शोमा अत्याधिक छाडा र उच्छृङ्खल शब्द समावेश भएकाले सचेत गराइएको साइबर ब्यूरोले जनाएको छ ।
दर्शकले उक्त कार्यक्रमलाई लिएर गुनासो गरेपछि सचेत गराइएको ब्यूरोले जनाएको छ ।