
काठमाडौ । नेपाली लोक तथा दोहोरी क्षेत्रकी लोकप्रिय गायिका सन्जु न्यौपाने र गायक बिमल श्रीपालीको सुमधुर आवाजले सजिएको मौलिक सालैजो गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक भएको छ । गीतका शब्दहरु पछिल्लो समय गीति लेखनमा राज गरिरहेका नेत्र अर्यालले लेखेका हुन् । बिमल श्रीपालीको नै संगीत रहेको गीतलाई सागर बिरहीले संगीत संयोजन गरेका हुन् ।
सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
हिजो मात्र सार्वजनिक गरिएको गीतको भिवर्स भिवर्सको संख्या बढ्दो छ । भिवर्सले गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् । मौलिक र उत्कृष्ट सालैजो गीत ल्याएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।
गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा अस्मि थापा र गोविन्द विवसको अभिनय रहेको छ ।
दुर्गा पौडेलले छायांकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गायिका सन्जु न्यौपानेकै युटुब चयानलमा अपलोड गरिएको छ ।