सलमानको कन्सर्टमा यी नायिका फाइनल, अरु को ?

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७८, आईतवार

काठमाडौं । चर्चित भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा केही नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । डान्सर नायिका माला लिम्बुले कन्सर्टमा प्रस्तुति दिने निश्चित भएको छ ।

आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रमुख सिमान्त गुरुङका अनुसार कन्सर्टमा ५–६ जना नेपाली कलाकारहरुलाई सहभागी गराइने छ । अहिलेसम्म माला लिम्बु मात्रै फाइनल भएको उनले जानकारी दिए ।

‘बलिउड र नेपाली चलचित्र उद्योगलाई जोड्ने हाम्रो प्रयास हो । हामी २–३ जना पुरुष र २–३ जना महिला कलाकारहरु नेपालबाट सहभागी गराउने छौं । उहाँहरुले एक–डेढ घन्टा प्रस्तुति दिनुहुने छ,’ गुरुङले भने ।

उनले केही कलाकारहरुसँग कुरा भइरहेको तर तय भइनसकेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु