संजय र पुजाको भोजपुरी गीत “चुम्मा”

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार
नयाँ भोजपुरी गीत “चुम्मा” सार्बजनिक भएको छ  संजय सुरिला र पुजा मेहराको आवाज रहेको उक्त म्यूजिक भिडियो पछिल्लो समयका चर्चित भोजपुरी निर्देशिक अजय कुमारको निर्देशनमा तयार भएको हो  सो गीतमा सुन्दरी मोडल सोनिका र कृष्णको उत्कृष्ट अभिनय देख्न सकिन्छ।  उक्त “चुम्मा” गीतलाई कुलेखानी मार्खुको बिभिन्न्न रमणीय स्थानमा छायांकन गरिएको  निर्देशक अजय कुमारले बताएका छन् । साथै दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुने विश्वास पनि उनले लिएको बताएका छन्।
लैला मजनु फिल्मस्को प्रस्तुतिमा तयार भएको सो म्यूजिक भिडियोलाई रन्धिर श्रेष्ठले छायांकन गरेका हुन भने  गोविन्द प्रभातले नृत्य निर्देशन गरेका छन् । निर्देशक अजय कुमारकै शब्द रहेको छ भने संजित राजेश केसरीले दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु