सन्तोष लामाको “फेरी फेरी” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७६, बुधबार

काठमाडौं । गायक सन्तोष लामाको “फेरी फेरी” बोलको गीत सार्वजनिक भएको छ । सोही गीतमा डीबी मोक्तानको शब्द रहेको उक्त गीतमा सन्तोष लामाको नै संगीत रहेको छ भने चन्द सिहंको एरेंज रहेको छ । माया प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतमा मायालुलाई सम्झिएर अब फेरी नरुने कुरा समावेश गरिएको छ । उक्त गीतको भिडियोलाई नबिन बाबु गुरुङको निर्देशन रहेको छ । र सोही गीतको भिडियोमा सन्तोष लामा, रेखा लिम्बु र गौरव मोक्तानको अभिनय रहेको छ ।

मायामा हुने धोका प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा आफुल माया गरेको मान्छेले घात गर्दाको पिडा देख्न सकिन्छ । उक्त गीतको भिडियो नबिन बाबु गुरुङले छायांकन गरेका हुन् भने भिडियोलाई नविन सिंहले सम्पादन गरेका हुन् । गीतलाई सन्तोष लामाको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु