सानु, जिबन र स्मृतिको स्वर रहेको “दशैं रमाइलो” को बिमोचन

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७९, शनिबार

काठमाण्डौ । लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत “दशैँ रमाइलो” को बिमोचन सम्पन्न भएको छ । काठमाण्डौको अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि बहादुर सिंह लामाले सम्पूर्ण कलाकारको एकताले नेपाली लोक दोहोरी क्षेत्रले उच्च गति लिएको धारणा राखे । गायक तथा सर्जक सानु के.सी को अध्यक्षता रहेको कार्यक्रमलाई दिपक यात्री आचार्यले संचालन गरेका थिए । उक्त कार्यक्रममा “दशैँ रमाइलो” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अग्रज कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

गीतमा सानु के.सी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् सानु के.सी ले भरेका हुन् भने शब्द जिबन खतिवडाको रहेको छ । “दशैँ रमाइलो” गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, लक्ष्मी दर्नाल, प्रविन खत्री, करिष्मा कुँवर, रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा निर्देशन तथा कोरिग्राफी निरेन श्रेष्ठको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् । गीतलाई जुनतारा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु