रोटरी क्लव मिडटाउनद्वारा शताब्दी पुरुष जोशीलाई अभिनन्दन

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७६, सोमबार

रोटरी क्लव ललितपुर मिडटाउनले शताब्दी पुरुष डा,सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएका डा,जोशीलाई क्लवका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए । दीप प्रज्वलन तथा नेवारी संस्कृति अनुसार पुजाआजा गरेर शुभारम्भ गरिएको कार्यक्रममा उपस्थिति पाहुनालाई नात्येश्वर मूतिको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा संयोजक सुरबहादुर श्रेष्ठले बताए । र सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका र उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु