बिबाहित तामाङ महिलाहरुलाइ शिक्षित बनाउँदै – नायिका शान्ता लामा

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७७, बिहीबार

काठमाडौँ – मिसेस तामाङ सौन्दर्य प्रतियोगिता आयोजना गर्दै बिबाहित तामाङ महिलाहरुलाइ जागरुक तथा जनचेतना फैलाउंदै आएकी छिन समाजसेवी, राजनीतिकर्मी तथा नायिका शान्ता लामा। एस के ईन्टरटेनमेन्ट प्रालि मार्फत आयोजना गर्दै आएको मिसेस तामाङ प्रतियोगिता अहिले तामाङ समुदाय बीच लोकप्रिय भएको छ। क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका तामाङ महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता लामाले गराईन। क्रिष्टल सब रेमिट, क्रिष्टल ट्राभल्स, र ललित मनि ट्रान्सफर सञ्चालन गरिरहेकी लामा व्यापार व्यवसायमा मात्र नभएर समाजसेवा तिर पनि उत्तिकै क्रियाशिल छिन् । सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै समाजमा आईपरेका समस्या संघ जुद्धै तथा आफुले सकेको सहयोग गर्दै आएकी शान्ता लामाले दर्जनौ राष्ट्रिय सम्मान समेत ग्रहण गरिसकेकी छिन।

राजनीति बाट समाज परिबर्तन गर्न सकिन्छ भन्ने सोच राखेकी समाजसेवी, युवा ब्यबसायी तथा नायिका शान्ता लामाको अर्को परिचय भनेको युवा नेत्री हो। राजनीतिलाई बिशुद्ध जनतामुखी बनाउँदै राजनीतिको माध्यम मार्फत पिछडिएको जनजाति, सर्बहारा वर्ग तथा युवा वर्गलाइ सकारात्मक संदेश दिन सफल लामा भबिष्यमा राजनीतिको क्षेत्र बाट देश र जनताको सेवा गर्न चाहन्छिन।

अनाथालय संयुक्त आवाज केन्द्रको गुडविल एम्बेसडर उनी रोटरी क्लवमा पनि आवद्ध छिन् भने मिसेस गुरुङको समेत आयोजक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु