• शान्तीश्री र विजयको ‘भाग्यमा छैनौ’

    म्यूजिक खबर
    प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

    काठमाडौं । गायिका शान्तीश्री परियार र विजय सुनामको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैनौ’ सार्वजनिक भएको छ । सन्तोष पन्तको शब्द रहेको गीतमा गायक विजय सुनामले नै संगीत दिएका छन् ।

    पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् । शिव पौडेल निर्माता रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सारिक केसी, शिशिर पौडेल, दीप काफ्लेको अभिनय देख्न सकिन्छ ।

    बिनोद भण्डारीको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु