शशिकला मोक्तानको स्वरमा ‘नाचिन्छ नाचिन्छ’ सार्बजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७६, बिहीबार

शशिकला मोक्तानको स्वरमा रहेको ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो भिडियो सार्बजनिक भएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको गीतमा बिनय लामाको शब्द तथा संगीत रहेको छ । पवन वाँङ लामाको संगीत संयोजन रहेको छ भने हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोलाई एसके महर्जनले छायाँकन गरेका छन् भने सम्पादन दिलिप योञ्जनले गरेका छन् । भिडियोमा छिरिङ लामा र वर्षा थिङलाइ फिचर्ड गरिएको छ । भिडियोलाई हेरुका लामाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु