शिव परियारको ‘भेट हुदाँ’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ । ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् । उक्त सार्वजनिक गीतको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु