• मौलिक स्वादको ‘काँचो सुपारी’

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

    काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको युगल स्वरमा मौलिक कौडा गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ ।
    सुरेश रानामगरले शब्द रचना र संगीत भरेको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

    सिन्धु र सन्तुलाई स्मृती शाही, पुष्पा बोहोरा, राजु तोलांगे गुरुङ र राजेन्द्र घर्ती मगरले पनि आवाजमा साथ दिएका छन् । गीत गायक सन्तु थापाको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    त्यस्तै, गीतको भिडियोमा दीपले गुरुङले निर्देशन गरेको भिडियोमा करण चैसिरको छायांकन तथा लक्ष्मी गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ, आर्यन मगर र रोशन मगर लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

    गाउँघरमा रोधिमा गाइने पूराना मौलिक कौडाको भाकालाई सम्मान गर्दै यस गीत ल्याएको गायक थापाले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु