काठमाडौं । नेपाली चर्चित टिकटक स्टार एवं मोडल स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएको छ। झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा विवेक स्वयंमले टिकटमा लाइभ आएर पुष्टि गरेका छन।
उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन। टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका सेलिब्रिटी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। समारिकाको बिहे भएको छैन। डिभोर्सको कारण खुलाइएको छैन।
कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन। आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन।
पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्विन्स जोडी डिमान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।युट्यूवमा यो जोडले पोस्ट गर्ने सर्ट भिडियोहरु पनि हिट छन् । ‘सिस्टर्स बि लाइक’, ‘देउरानी–जेठानी’, ‘मम्स बि लाइक’ जस्ता कन्सेप्टमा भिडियो बनाएर उनीहरुले चर्चा कमाएका थिए ।
समारिका स्मारिकाको युट्यूव चाइनलमा २ लाख ९४ हजार सब्स्क्राइबर्स छन् ।टिकटकमा लाइभ आएर स्मारिकाका पूर्वपति विवेक अधिकारीले यसो भनेका थिएः म कुनै सेलिब्रिटी नभएर आम मान्छे हुँ । मिडियामा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जिज्ञासा राख्नुभयो ।
तपाईंहरुको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्यूज’ भएको सुनिरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्वन्ध तोडिए पनि हेरिन्छ । धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ ।पैसा कमाइस, सेलिब्रिटी भइस, अनि बुढा छोडिस भन्ने कुराहरु आएका छन् ।
यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदिनुस ।मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन । सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन ।
सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं ।अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौ। उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद ।स्मारिकाले विवेकसँग १८ बर्षकै उमेरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन्।