• पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाको प्रेम चर्चामा

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

    काठमाडौं । सञ्चारमाध्यममा कलाकारको प्रेमका बारेमा हुने चर्चा सामान्य नै हो । कलाकारहरू कुनै स्थानमा एकसाथ देखिए भने मिडियामा उनीहरू प्रेममा रहेको चर्चा सुरु हुन्छ ।
    यस्तै यतिबेला पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाको प्रेम चर्चा सुरु भइरहेको छ । हुनत, यी दुईले आजसम्म प्रेममा रहेको स्वीकार भने गरेका छैनन् ।
    भ्लगर सिसन बानियाँसँग अलग भएपछि श्रृंखला सञ्चार उद्यमी सम्भवसँग नजिक भएको गाइँगुइँ चलिरहेको थियो
    श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको मिडिया विवरण बाहिर आएका थिए । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् ।
    जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामै छन् ।

    यो तस्बिर सार्वजनिक भएपछि नेपाली मिडियामा उनीहरूको प्रेम चर्चा झनै चुलिएको छ ।
    तस्बिर :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु