
काठमाडौं । इलाम जिल्लाका विभिन्न तह र तप्कामा काठमाडौंमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुसँग प्रतिनिधी सभा सदस्य सुहाङ नेम्बाङले भेटघाट तथा इलाम जिल्ला विकासको निम्ति छलफल गरेका छन् ।
नेम्बाङको सचिवालयद्वारा काठमाडौं स्थित डालो डीलाइट्समा आयोजित भेटघाट कार्यक्रममा इलामको कृषि, पर्यटन पुर्वाधार लगायत तुलनात्मक लाभका क्षेत्रहरूमा विशेष जोड दिनुपर्ने सहभागिहरूले बताएका थिए ।
कार्यक्रममा सांसद नेम्बाङले इलाममा आफूहरूले पुर्वाधारको पनि पुर्वाधार मानिने सडक, शिक्षा, पुलहरू लाई प्राथमिकतामा राखेको बताए । कार्यक्रममा इलामको बिकासको बारेमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने नेम्बाङका स्वकिय सचिव दर्शन राईले जानकारि दिए ।
उक्त कार्यक्रममा इलाम स्थायी घर भई राजधानीमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु, साहित्यिक पत्रकार संघका अध्यक्ष बरिष्ठ पत्रकार एवं साहित्यकार राधेश्याम लेकाली तथा इलामका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।