दिदी–भाइको सहकार्यमा ‘राम सीता’ सार्वजनिक ! युट्युबमा अत्याधिक प्रशंसा !

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०८०, आईतवार

काठमाडौं । गायिका रेजिना परियार र गायक सुमन परियार सहोदर दिदी भाइ हुन् । यी दुबैजना नेपाली सांगीतिक क्षेत्रमा स्थापित मात्रै छैनन् प्रशस्तै फ्यान फलोअर्स कमाएका छन् । अझ संगीतको लोक क्षेत्रमा त यतिबेला राज गरिरहेका छन् । कहिले लाइभ दोहोरी त कहिले नयाँ म्यूजिक भिडियो सार्वजनिक गर्दै चर्चा कमाइरहेका यी दुबैका नाम गुगलमा सर्च गर्ने हो भने पनि धेरै गीतहरु युट्युबमा भेटिन्छन् ।

यहिक्रममा यतिबेला भने यी दिदीभाइले ‘राम सीता’ बोलको नयाँ म्यूजिक भिडियो लिएर आएका छन् । गीतमा रेजिना र सुमनको कर्णप्रिय स्वर सुन्न सकन्छ । गीतमा शब्द रचना र संगीत समेत स्वयं गायिका रेजिनाले नै भरेकी हुन् । गीतमा एच वि वन किस्मतले गीतको संगीत संयोजन गरेका हुन् ।
मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियो सुमन परियार र जुना विश्वकर्माको अभिनय रहेको छ । त्यस्तै नवराज उप्रेतिको छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

गत शुक्रबार (माघ १९ गते) सुमन परियार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई दर्शक/श्रोताले प्रंशसा गरेर कमेन्ट गरेका छन् । सुमन र रेजिना दुबैको पक्षमा धेरै कमेन्ट आएका छन् त्यस्तै गीतले चाँडै करोड भ्यूज क्रस गरोस् भन्ने शुभेच्छा पनि कमेन्टमा पढ्न सकिन्छ ।

गीत सार्वजनिक गरेको सन्दर्भलाई जोडेर यी दिदीभाइ अर्थात लोकप्रिय गायक सुमन परियार र लोकप्रिय गायिका रेजिना परियारसँग हामीले कुराकानी गरेका छौं । कुराकानीमा एकले अर्काको नामले पनि थप इज्जत बढाएको बताएका छन् । भाइ र दिदीबिचको आत्मियता, सामिप्यता अनि परिवारीक र संगीतप्रतिको विषय समेटिएको छ । समय र समाजका विविध पक्ष र भोगाईलाई पनि यी दुईले सुनाएका छन् । सँगै कुराकानी भर एकले अर्काको प्रंशसा गरेर थाकेनन् पनि । कुराकानीलाई निम्न भिडियोमा हेर्न र सुन्न सक्नुहुनेछ –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु