• उत्तरी गोर्खाको पर्यटन प्रबद्र्धनको लागि सुनिलाले गाइन् गीत

    म्यूजिक खबर
    प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार
    Sunila Gurung

    काठमाडौं । गायिका सुनिला गुरुङ दोहोरी गायनमा स्थापित गायिका हुन् । उनी आफूलाई सकेसम्म फरक रुपमा प्रस्तुत गर्न रुचाउँछिन् । गायिका उत्तरी गोरखामा जन्मिएकी गायिका सुनिला गुरुङ यतिबेला आफ्नो क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि गीत लिएर आएकी छन् । ‘म त चेली उत्तरी गोरखाको’ गीतमा गायिका सुनिला सँगै गायक गणेश गुरुङले स्वर दिएका छन् । उत्तरी गोरखाकै सेरोफेरोलाई समेटेर गायक गणेश र गायिका सुनिलाले शब्द लेखेका हुन् भने गणेश गुरुङको संगीत रहेको छ । गीतको संगीत संयोजन एवं मिक्सिङ भने विपिन आचार्यको रहेको छ । गीतको कोरस गायनमा भने माण्डवी त्रिपाठी, दिव्य पन्त, तेजश्वी पन्त, गणेश गुरुङ, उज्ज्वल गुरुङको रहेको छ ।

    गाउँको लोकशैली, कला संस्कृति, पर्यटन लगायतका विविध विषयलाई समेटेर गीत निर्माण गरिएको छ । म त चेली उत्तरी गोरखाको गीतको भिडियो पनि सोही ठाउँको सुन्दर तथा रमणीय ठाउँको दृश्यहरुमा खिचिएको छ । भिडियोलाई पर्शन गुरुङले निर्देशन गरेका छन् भने खेम थापामगर छायाँकन गरेका छन् । भिडियोलाई मेग थापाले सम्पादन गरेका छन् भने अनिता गुरुङ, बीरबल घले, पिसान गुरुङको अभिनय रहेको छ ।

     

    गाउनकै लागि जन्मिएकी सुनिला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु