गाउनकै लागि जन्मिएकी सुनिला

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७३, आईतवार

  • सुमन बैरागी

सुनिला गुरुङ लोक दोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । गायनकै क्रममा करिब एक दशकको यात्रा तय गरेकी गायिका सुनिला सुरिली स्वर भएकी गायिका हुन् । काशीगाउँ ९, गोर्खा घर भएकी गायिका सुनिलाले करिब दुई दर्जन गीतमा स्वर दिइसकेकी छन् । लोकदोहोरी, कौडा, तिज, देउडा जस्ता विभिन्न शैलीका गीतमा स्वर दिइसकेकी सुनिलाले आफ्नै लगानीमा ९ वटा गीत रेकर्ड गराइसकेकी छिन् । गोर्खाको प्रतिभा सुनिलाले २०६६ सालबाट आफूलाई गायनमा निरन्तर चलायमान बनाएकी हुन् । गाउँको रोधी बस्ने परिवेश, वनपाखा दाउराघाँस गर्दाको लोकगायनले पनि उनलाई गीत गाउनमा सहयोग पु¥याएको हो । ‘आउ माया गोर्खा बजारमा’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा पदार्पण गरेकी गायिका हुन् सुनिला ।sunila gurung 2उपत्यकामा भएका दोहोरी साँझहरुमा उनले दैनिक दोहोरी गाउँदै आएकी छिन् । दोहोरी साँझमा ५ वर्ष गीत गाएरै बिताएकी सुरिली सुनिलाले सातौं गोर्खा महोत्सवमा भएको प्रत्यक्ष दोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि उनको जीवनमा उर्जा मिलेको थियो । त्यस्तै ल्होसार महोत्सवमा उनले गाएका गीतका शब्दहरुले उत्कृष्टता हासिल गर्न सफल भयो । गीत गाउनकै लागि जन्मिएको जस्तो लाग्छ रे सुनिलालाई । दोहोरी गायनमा शब्दचयनमा समेत ध्यान दिने गर्छिन् सुनिला । आफैं गीत लेख्ने, लय बनाउने काममा समेत उनको दख्खल छ । दोहोरी गायनमा लाग्नेहरुले पनि सुर र तालको ख्याल गर्नुपर्छ, हारमोनियममा नै बजाएर गाउन सक्नुपर्छ भन्ने कुरामा उनको ध्यान जाने गरेको । राम्रो हारमोनियम बजाउन सक्ने प्रतिभा उनीभित्र छ । गायनमा लागिसकेपछि बाद्यवादन, नृत्य र संगीतको ज्ञान हुनुपर्छ, उनले भनिन् – सुर ताल र लयभित्र गायक गायिकाहरुले ध्यान दिनुपर्ने हुन्छ ।

sunila gurung1आफ्नो प्रस्तुति देखाउनकै लागि देशदेखि विदेशमा हुने महोत्सवहरुमा सहभागी हुँदै आएकी सुनिलाले हाम्रो माया अमर प्रेम, लाहुरे बन्छौ रे, जुनलाई साथी तारा छ, काठमाडौंमा पशुपतिनाथ, धौलागिरीमा जस्ता चर्चित गीतहरुमा स्वर दिइसकेकी छन् । त्यस्तै गायिका सुनिलाले लाउँदिन हिल जुत्ता र भुइँचालोले भत्कियो मेरो माइती देश जस्ता तिज गीतमा समेत स्वर दिएकी छन् । रामजी खाँड, खुमन अधिकारी, राजु परियार, दीपसागर थापा जस्ता चर्चित गायकहरुसँग सहकार्य गरिसकेकी गायिका सुनिलाले पछिल्लोपटक बजारमा ल्याएको गीत भने धौलागिरीमा हो । जुन गीत दीपसागर थापासँग गाएकी हुन् ।sunila gurungयतिबेला धौलागिरीले संचारमाध्यम, यूट्यूब जस्ता सामाजिक सञ्जालमा समेत राम्रो चर्चा बटुल्न सफल भएको छ । नयाँ एल्बमको तयारीमा जुटिरहेकी सुनिलाले आफूलाई सकेसम्म सफल गायिका बनाउने योजनामा छिन् । आफू संगीतको विद्यार्थी भएको बताउने सुनिला लोकदोहोरी गाउनेहरुले संगीत शिक्षामा पनि ध्यान दिन जरुरी रहेको बताउँछिन् ।

तस्वीरः नवीन गुरुङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु