मार्मिक गीत ‘मुख छोपी रुन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७८, आईतवार

काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका सुनिता बुढा र गायक कृष्ण कंडेलको आवाजमा मार्मिक लोकदोहोरी गीत ‘मुख छोपी रुन’ सार्वजनिक भएको छ ।

राजेन्द्र कंडेलको लय तथा शब्दमा रहेको उक्त गीत राजेन्द्र कंडेल आफ्नै अफिसिएल युटुब च्यानल मार्फत आइतबार रिलिज गरिएको हो ।

कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडिओमा मोडल बिनोद भण्डारी, रुपा कंडेल र कृष्ण पहाडीको दर्दनाक अभिनय देख्न सकिन्छ ।

बिनोद भण्डारीकै निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने बिकाश ज्ञावालीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु