सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार

काठमाडौं । सवारीसाधन ब्राण्ड सुजुकीले नेपालमा ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक गरेको छ । सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिंग्सअन्तर्गतको सीजी मोटोकर्प र सीजी नेक्स्टजेनले दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक गरेको हो । एक कार्यक्रम गरी सार्वजनिक भएका गाडीहरु कुल १५ मोडलमा सार्वजनिक भएका छन् ।

कम्पनीले दुवै गाडीका मोडलअनुसारको मूल्य पनि सार्वजनिक गरेका छन् । यसअनुसार दुईमध्ये ग्राण्ड भिटारा स्मार्ट हाइब्रिड जेटा ५एमटीको चालू आवको मूल्य ६३ लाख ९९ हजार रहेकामा सुरुवाती मूल्य ६० लाख ९९ हजार तोकिएको छ । त्यसैगरी नयाँ ब्रेजा स्मार्ट हाइब्रिड ‘ब्रेजा एलएक्सआई’ को चालू आर्थिक वर्षको मूल्य ४४ लाख ९९ हजार रहेकामा सुरुवाती मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

द ग्राण्ड भिटारा

द ग्राण्ड भिटारा सुजुकीको चर्चित मोडल हो । कम्पनीले अहिले नयाँ संस्करणको ग्राण्ड भिटारा सार्वजनिक गरेको छ । यसमा आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्यांग्वेज’ प्रयोग गरिएको कम्पनीको दाबी छ ।

अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरिएको ग्राण्ड भिटारामा अफरोड क्षमता बढाउने अल ग्रिप प्रविधि रहेको छ । यसमा अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको कम्पनीको दावी छ ।

भिटारा ब्रेजा

त्यसैगरी कम्पनीले पुरानो संस्करणको चर्चित भिटारा ब्रेजाको पनि नयाँ संस्करण सार्वजनिक गरेको छ । ब्रेजामा अत्याधुनिक प्रविधि र अर्को पुस्ताको आराम र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ । स्टाइलिर र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली प्रस्तुति, उन्नत सुरक्षा सुविधा यसका विशेषता रहेको बताइएको छ ।

नयाँ ब्रेजामा हाइटेक सुविधा पनि रहेका छन् । यसले सहर र बाहिरी सडकमा ड्राइभ गर्दा उपयोगी हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले पछिल्लो समय नेपाली बजारमा एसयूभीको माग उच्च रहेको बताए । उनले नयाँ ग्रान्ड भिटारा र ब्रेजा यो सेग्मेन्टमा गेमचेन्जर हुने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु