मौलिक संस्कृतिको जगेर्नामा तल्लिन: शान्तीरूपा तमु समाज

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

मन गुरुङ, पोखरा | देश र देश भित्रका सिंगो समाजहरु यतिबेला विकाशोन्मुख छ । विकासका छालहरुले कहिँकतै विभिन्न धार्मिक र सांस्कृतिक पक्ष भने ओझेलमा पार्दै गइरहेको छ । खास गरि नेपालीहरुमा पश्चिमा संस्कृतिहरुको छापले हाम्रा मौलिकताहरु हराउदै गइरहेको पाइन्छ । यसरि हराउदै गइरहेको भाषिक, धार्मिक र सांस्कृतिक पक्षहरुको जगेर्ना गर्न जोडतोडले लागि परेका छन्, शान्तीरुपा बराहा थोक तमु समाज ।

विहिबार रूपा गाउपालिकाले स्थानीय तह स्थापना दिवास मनायो । स्थापना दिवसका क्रममा विभिन्न कार्यक्रमहरुको आयोजना गरे । जहाँ रोचक पक्ष थियो झाँकी प्रदर्शनी प्रतियोगिता । प्रतियोगितामा सम्पुर्ण वडा बाट विभिन्न झाँकी सहितका २० भन्दा बढि समूहले उपस्थिति जनाए । जसमध्ये शान्तीरुपा बराहा थोक तमु समाज वडा नम्बर ६ उत्क्रिष्ट ठहरियो ।

शान्तीरूपाले लोप हुँदै गइरहेको छ्याडू (गुरुङ्ग समुदायको अर्घौंमा खेगीहरुले नाच्ने नाच), ट्होटे (हरेक वर्ष चैत्र र साउन महिनाको अन्तिम मंगलबार मनाईने पर्व) र चुट्का नाच संगै परापुर्व कालमा पुर्खाहरुले प्रयोग गर्ने गरेका सिप्री, स्याकु, छप्रि, ठेकी, मदानी, गौबा, पुंङा, पेरेखु लगाएतका सामाग्रीहरु प्रदर्शन गरेका थिए । गुरुङ पोशाकमा सजिएका ४० जना भन्दा बढी संख्यामा उपस्थित विभिन्न उमेर समूहका महिला, पुरुषहरुले समुदायमा प्रचलित खानपानका परिकारहरु समेत प्रस्तुत गरेका थिए ।

सामाजिक र सांस्कृतिक गतिविधिमा रमाउने मध्यको एक मानिन्छ गुरुङ समुदाय । सोहि कारण हुन सक्छ आफ्नो धार्मिक, मौलिक र संस्कृतिको जगेर्नामा कुनै कसुर बाँकी राखेका छैनन् बराहा थोकका शान्तीरुपा तमु समाजले ।

कुनै बेला बारीको डीलमा बसेर कार्यक्रमहरुको आयोजना गरेको भएपनि अहिले आफ्नै भवन निमार्ण गरिसकेको समाजका सदस्य -हिरामाया गुरुङ बताउछिन् । गाउँपालिका र स्थानिय डोनरहरु सहित गाउँलेहरुको श्रमदानले उक्त भवनको निर्माण भएको उनले बताईन् ।

कार्यक्रमका बीच भिडियो चित्र संग कुराकानी गर्दै आफुहरु भौतिक पूर्वाधारहरु निर्माणको तयारीमा जुटेको समाजका अध्यक्ष सु. तुलबहादुर गुरुङले बताए । पिकनिक स्थलको निर्माणका साथै एटेच वाथारूम सहितको गेस्ट हाउस समेत निर्माण गरेर समाजकै युवालाई सन्चालनको लागि जिम्मा दिएको जानकारी दिए ।
साथै, कोट भैरव धार्मिक पर्यटक क्षेत्रलाइ बढवा गर्दै होम स्टे संचालन गरेर पर्यटकलाई घुम्ने र बस्ने व्यवस्थामा प्रयासरत छौं। -उहाँले भन्नु भयो ।

साततालाको बाटिका सहर छेवैमा रहेको बराहा थोकमा स्थानिय सरकारको योजना अन्तर्गत एक घर एक धारा खानेपानी योजना सम्पन्न हुने अवस्थामा छ। पूर्वाधारहरुको तिव्रविकास र सुन्दर भौगोलिक बनावट कै कारण उक्त गाउँ पर्यटकिय दृस्टीकोणले उत्कृष्ट गन्तव्य मान्न सकिन्छ । पोखरा बाट २१ किलोमिटर पश्चिममा अवस्थित उक्त गाउँ लेखनाथ, रुपाताल हुँदै जान सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु