सार्वजनिक भएसँगै तारिफ बटुल्दै तीज गीत : ‘पाउजु बजाउँदै’

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

काठमाडौं । लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीतमा ‘पाउजु बजाउदै’ तीज गीत नागपन्चमीको अवसर पारेर सार्वजनिक गरिएको छ । सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेश बीर सिंहको अभिनय रहेको भिडियोको निर्देशन स्मृति तिमलसिनाले गरेका हुन् ।

गायिका सहिमा श्रेष्ठको आफ्नै युट्युव च्यानलमा अपलोड गरिएको भिडियो सार्वजनिक भएसँगै युट्युवमा गीतको सम्पूर्ण पक्षको तारिफ गरिएको छ । कतिले गीतका शब्दको, कतिले संगीतको र कतिपयले स्वरको तारिफ गरेर कमेन्ट गरेका छन् । त्यस्तै भिडियोले पनि राम्रो प्रतिक्रिया बटुलिरहेको छ । त्यसमध्ये धेरैले उत्कृष्ट तीज गीत भनेर सिंगो म्यूजिक भिडियोको तारिफ गरेका छन् ।

लोकप्रिय गायिका सहिमा श्रेष्ठ र गीतकार अमर बान्तुसँग तीजमा केन्द्रीत रहेर केहि समय अगाडी गरिएको कुराकानी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु