‘द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फाइनल डिसेम्बर १४ मा कतारको एसियन टाउनमा हुदै

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७५, सोमबार

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ ग्रान्ड फाइनल कतारमा हुने भएको छ । आगामी डिसेम्बर १४ तारिख एसियन टाउन ग्रान्डमल सनैयामा ‘द भ्वाइस अफ नेपाल’ को फिनाले हुने भएको हो । एनआरएनए आईसिसीका मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङ, दिल्लीकला थपलिया र मनोज गोर्खालीको संयुक्त आयोजनामा कार्यक्रम हुने बताइएको छ ।गत शुक्रबार टिमले कतारमा कार्यरत नेपाली समुदायका संघसंस्था प्रमुखलगायत अन्य नेपालीसँग भेटघाट गरी कार्यक्रमबारे जानकारी आवश्यक सुझाव परामर्श लिएको थियो ।

कार्यक्रममा उपस्थित आमन्त्रितहरुले आगामी ग्रान्ड फिनाले कार्यक्रमको व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।हाल यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो अमेरिकी फ्रेन्चाइज सिंगिङ रियालिटी शो हो । ‘द भ्वाइस अफ नेपाल’ को जुरीमा दीप श्रेष्ठ, प्रमोद खरेल, सोनुप पौडेल र अभया छिन् । तर ‘द भ्वाइस अफ नेपाल’ को आयोजक पक्षले यसबारे केही जानकारी गराएको छैन । यसका प्रस्तोता सुशील नेपाल हुन् ।


 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु