आजबाट ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्याइफ्रेण्ड’ प्रदर्शनमा

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत यस हप्ता एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाइफ्रेण्ड’ले एकसाथ आजबाट प्रदर्शन प्रारम्भ गरेका हुन् ।

चलचित्र ‘रुमालै छ चिनो’, काठ क्षेत्रका गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’नाम सापटी लिएर निर्माण गरिएको हो । यो चलचित्रको निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् । चलचित्रमा नायक सुशान्त कार्की नायिका अप्सना थापा मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने अन्य कलाकारहरुमा मिथिला शर्मा, सुरवीर पण्डित, किशोर खतिवडा, सञ्चिता लुइँटेल, रष्मी भट्ट, लक्ष्मणविक्रम बस्नेतलगायतको अभिनय छ ।

चलचित्रमा भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको जीवनमा आइपर्ने उतारचढावहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम ्रसाद पाण्डेको संयुक्त लगानी रहेको छ । विनोद सापकोटाले छायांकन गरेको यस चलचित्रमा रेशम थापाको कथा रहेको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘फिङ्गर प्रिन्ट’ । यो चलचित्रको निर्देशन नवीन निरौलाले गरेका हुन् । चलचित्र‘फिङ्गर प्रिन्ट’मा दीपक त्रिपाठी, रमेश बुढाथोकी, सरिता लामिछाने, राज क्षितिज, आयुष्मा कार्की, शंकर आचार्य, आनन्द पुन, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा पनि निर्देशक निरौलाले नै लेखेका हुन् ।

चलचित्र ‘फिङ्गर प्रिन्ट’लाई अनिल श्रेष्ठ रोमनले निर्माण गरेका हुन् । चलचित्रको सहायक निर्मातामा शंकर आचार्य छन् । चलत्रिमा अर्जुन पोखरेलको संगीत, दयारम पाण्डेको गीत र दिपक लिम्बूको स्वर सुन्न सकिन्छ । गीतको कोरियोग्राफी भने कविराज गहतराजले गरेका छन् । सुमन ठाकुर र राहुल राईले छायांकन गरेको चलचित्रको सम्पादन नवीन निरौलाले गरेका हुन् । चलचित्र सस्पेन्स थ्रिलर विधाको निर्माण भएको बुझिएको छ ।

यस्तै, मदन घिमिरे निर्देशित चलचित्र ब्वाइफ्रेण्ड पनि आजैबाट रिलिज भएको चलचित्र हो । चलचित्र ब्वाइफ्रेण्डको निर्माण लायन कृष्ण खनालले गरेका हुन् । युवा पुस्ताको प्रेमलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । बुढाथोकी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ब्वाइफ्रेण्डमा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

लोकदोहोरी गीतबाट बन्यो चलचित्र ‘रुमालै छ चिनो’,

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु