दुई पुस्ताको सङ्गमले जन्मिएको उत्कृष्ट गीतः ‘धादिङ गल्छीमा’

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०८०, बिहीबार

काठमाडौं । अग्रज गायक तथा सर्जक विष्णु खत्रीले दुई प्रतिभाशाली र उदीयमान पुस्ता – सुप्रीम मल्ल र पुजा देबकोटासँग सहकार्य गरेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘धादिङ गल्छी’मा बोलको सार्वजनिक यस गीतलाई लोकप्रिय गीत ‘परान बाँकी छ’ को दोस्रो भागको रुपमा सार्वजनिक गरिएको हो ।
विष्णुको उत्कृष्ट शब्द तथा संगीत रहेको छ । यस्तै कृष्ण केसीको संगीत संयोजन, सुप्रिम र पुजाको कर्णप्रिय स्वर गीतलाई पूर्ण बनाएको छ ।

विष्णु खत्री युट्युब च्यानल मार्फत अपलोड गरिएको यस गीतले १ लाख बढी भ्युज संकलन गरिसकेको छ । युट्युब कमेन्टमा गीतको प्रंशसा भएको छ । भिडियोमा पनि सुप्रिम र पुजालाई देखाइएको छ । गीत मार्फत मायाप्रेमका कुरा भएका छन् ।
कमेन्टका आधारमा अघिल्लो पुस्ताका विष्णुसँग पछिल्लो पुस्ताका सुप्रिम र पुजाको सहकार्यलाई दर्शक श्रोताले रुचाएको देखिन्छ ।

प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । लक्ष्मण चौहानले भिडियो सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले भिडियो कलरिङको काम गरेका हुन् ।

‘परान बाँकी छ’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु