• सबैलाई नचाउने र यथार्थपरक तीज गीतः स्वामीज्यू

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०८०, मंगलवार

    ‘फलाहार बस्छु, निर्जला ब्रत म बस्न सक्दिन
    हो स्वामी ज्यू , म बस्न सक्दिन
    साथ र माया सदैब दिन्छु सुनचाँदी भन्दिन
    हो स्वामी ज्यू सुनचाँदी भन्दिन ’

    पछिल्लो समय नेपाली सांगीतिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ–नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । ती भध्ये माया प्रेममा आधारित, दोहोरी र रत्यौली जस्तो सुनेने तिजका गीत तथा भिडियोहरुले बजार तताइरहेका बेला यथार्थपरक शव्दहरु समेटिएको नयाँ तिज भाका बजारमा आएको छ । माथि शुरुमै प्रस्तुत गरिएका हरफहरु यहि बोलको नयाँ मौलिक गीतको मुखरा हो । जसको बोल रहेको छ – ‘स्वामीज्यू’ ।

    सुमधुर स्वरकी धनी रुची घिमिरेले गीतलाई प्रस्तुत गरेकी हुन् । गीतमा गायिका घिमिरेको स्वर सँगै आफ्नै रचना समेत रहेको छ । तीजमा हुने गरेको विकृतिले समाजमा नकारात्मक असर पर्ने भएको देखेर रुची आफैंले शब्द कोरेकी हुन् ।

    उक्त गीतमा सञ्चारकर्मी समेत रहेका सुमन वैरागी पण्डितले संगीत भरेका हुन् । त्यस्तै विपिन आचार्यले संगीत संयोजन गरेका हुन् ।

    जिवि आग्राीको निर्देशन रहेको तिज गीत स्वामीज्यूमा अन्जु सुनवार, दुर्गाभट्ट, नरेश विरसीं, अशोक विक लगायतका कोरस टिममाथि दृष्याङ्कन गरिएको छ भने गीतको छायाङ्कन नरेश एैरले गरेका छन ।

    त्यस्तै भिडियो पोस्टको काम राग भिजन मल्टिमुभिज प्रालिले गरेको छ । श्रीमानप्रतिको प्रेम र समर्पणलाई गीतमा प्रस्तुत गरिएको छ । रुची घिमिरले यसअघि ‘गालैमा कोठी’ गीतले चर्चा कमाउन सफल भएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु