• तीजको मर्मलाई जीवन्त राख्दै गीतमा दुरुस्त देखाइयो काठमाडौंमा भाडामा बस्नेहरुको व्यथा र रहर

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

    काठमाडौं । यो वर्षको तीजलाई लक्षीत गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन् । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाजका वा देशका समस्या वा परिस्थीलाई उनेर गाइनु पर्छ । भनौं गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो । तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन । धेरै गीतहरु भ्यूजमूखी छन् । रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । तर, सबैमा यो लागू भएको हुँदैन । अझै पनि तीजको मर्मलाई जीवन्त राख्दै बनेका गीत पनि सार्वजनक भएका छन् । यहि भध्ये विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी सर्जक जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत –‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् ।

    म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र आलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भण्डारीकोे संगीत संयोजन रहेको छ । राजय गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतका रेकर्डिष्ट अनिल अधिकारी हुन् । गीतले बोकेको शब्द भाव उच्च र फराकिलो प्रकारको छ । पछिल्लो समयमा परिवारको भोगाई र गुनासोलाई समेटिएको छ ।

    भिडियोमा पनि शोभनिय बनेको छ । अभिनेत्री अनु शाह र एसराज गराचको प्रभुख अभिनय तथा नृत्य रहेको छ । त्यस्तै आनन्द थापा, नन्दा अधिकारी बालकलाकारहरु हृदय र आदित्यलाई पनि भिडियोमा देख्न सकिन्छ ।
    सुब्रत आचार्यको निर्देशन सन्तोष राजबहाकको नृत्य निर्देशन रहेको छ । मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । विष्णु खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई सेलीब्रेट हाइट, सुकेधारमा छायांकन गरिएको हो ।

    भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ । गीतकी सर्जक जानकी भन्छिन् – ‘सधैं गरगहना नयाँ सारीको मात्र माग कति गर्नु ? घर पाए त गहना पनि चाहिदैन लुगा बरु पुराना लगाउँला । तर आफ्नो नै हो है अब यहाँबाट अन्त सर्न पर्दैन है भन्ने एउटा आभास भने चाहिने रैछ । यो कुरा म लगायत भाडाको घरमा बस्ने अन्य धेरैले महसुस गर्नुभएको होला । हामी सबैको कथा–व्यथा बोकेको तीज गीत हो । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

    पन्थका यसअघि ‘ओए बुढा’, ‘तम्घासबाट हिँडेको गाडी’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे बाइ’, ‘बबाल तीज’ लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, मायालाइ तराजुमा, मायाकै पीडा नसकि खप्न लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडापारी घाम, न्याउली रुदा यो मन रुन्छ नि, माया मारे है लगायतका लोकदोहोरी गीतहरु हालसम्म पनि लोकप्रिय छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु