उदयको स्वरमा “सोच्दै गए पछि” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । लोकप्रिय गायक उदय सोताङको “सोच्दै गए पछि” बोलको गीत सार्वजनिक भएको छ । सोही गीतमा जोतिपुन्जा सुरेशको शब्द रहेको उक्त गीतमा किरण श्रेष्ठको संगीत रहेको छ । रन्धिर श्रेष्ठ र जोतिपुन्जा सुरेशको निर्देशनमा तयार भएको उक्त गीतको भिडियामा असोक आर्यन यादव , खेन्पो मुन्शेल दोर्जे र डा पवन शर्माको अभिनय रहेको छ । एक युववको पिडा समावेश उक्त गीतमा सोच्दै गए पछि धेरै टाढा पुगेको कुरा समावेश गरिहेको छ ।

उक्त गीतको भिडियो रन्धिर श्रेष्ठले छायाँकन गरेका हुन् भने । एक युवकको जीवनलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा सहयोगले गर्दा जीवन परिवर्तन भएको हेर्न सकिन्छ र सोही गीतको भिडियोलाई रन्धिर श्रेष्ठले सम्पादन गरेका हुन् । उक्त गीतलाई सङ्गस नेपालको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु