डेब्युमै प्रशंसा बटुल्दै जेल्सन

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७६, बुधबार

काठमाडौं । आमा शब्द विश्वकै सबैभन्दा महत्वपूर्र्ण र ओजपूर्ण शब्द हो । भगवान भन्दा उपल्लो दर्जाले पनि पुकाररिने आमा शब्दको उच्चारणमै पनि हामी आनन्दीत हुन्छौं । तर आमा हामीसँग रहुन्जेल हामीले आमाको महत्व र प्रेमलाई त्यति बुझ्न सकिरहेका हुँदैनौं । जब आमाले आफ्नो सन्ताललाई टाढा बनाएर अर्कै सन्सारमा जान्छिन् तब पो आमाको महत्व थाहा हुन्छ । आमाको योगदान, विशाल प्रेम र स्नेहको सम्झना तब आउँछ । यस्तै मार्मिक कथावस्तुमा Unsaid Words नामक सर्ट मुभी सार्वजनिक भएको छ । सर्ट मुभीमा जेल्सन अधिकारीकोको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । जेल्सन डेब्युमै प्रशंसा बटुल्दै छन्  ।

थुप्रै समसामयिक एवं सन्देशमुलक सर्ट मुभीहरु निर्माण गर्दै आएको अभियान्ता टिमले निर्माण गरेको फिल्मलाई हरिश क्षेत्रीले निर्देशन गरेका छन् ।
फिल्म युट्युवमा सार्वजनिक भएसङ्गै हाल ओस्कार कलेजमा ब्याचलर पहिलो वर्षमा अध्ययनरत जेल्सनको अभिनयको धेरैले प्रशशा गरेका छन्। युट्युवमा अधिकांशले रुवाउने वास्तविक अभिनय सिने क्षेत्रमा सम्भावना बोकेको अनुरहार भनेर उनको तारिफ गरेका छन् ।

अडिसनबाट यो सर्ट मुभिका लागि छनोट भएका जेल्सनले ओस्कार कलेजमा वरिष्ठ कलाकार अनुप बराल संग अभिनयको कक्षा लिइरहेका छन् भने उनले साथमा फिल्म निर्देशन सम्बन्धि कोर्सपनि संगसंगै पढ्दै आएका छन् ।

जेल्सन अधिकारी संगै मेनुका तुलाधर र अनिश तन्दुकारको पनि मुख्य भुमिका रहेको मुभिलाई निश्चल मानन्धरले खिचेका हुन्।

डेब्युमै प्रशंसा र निकै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि जेल्सन आगामी दिनमा अझ मेहनत गर्दै दर्शकका लागि राम्रा र स्तरीय फिल्महरु बनाउने कुरा समेत बताउछन् ।
जेल्सन गीतकार एवं सन्चारकर्मी लोकराज अधिकारीका सुपुत्र हुन् ।

 

२७ महिनापछि लोकराज, प्रमोद र सुरेशको दरार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु