• विश्व कबिता महोत्सव- २०२५ भव्यतापूर्वक सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ९ चैत्र २०८१, आईतवार

    काठमाडौं । ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको आयोजनामा शनिबार राजधानीमा विश्व कबिता महोत्सव २०२५ (World Poetry Festival 2025) भव्यरूपमा सम्पन्न भएको छ ।

    प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व तथा विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त महोत्सवको पहिलो चरणमा कबिता बाचन गरिएको थियो भने दोस्रो चरणमा मन्तब्तय सहित सहभागीहरु सबैलाइ सम्मान चिनो प्रदान गरिएको थियो। उक्त २०६४ माघ १६ गते सहिद दिवसको दिन स्थापित यस संस्थाको २१५ शृङ्खलाको विशेष कार्यक्रम थियो।

    उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा डा बेन्जु शर्मा,भगिरथी श्रेष्ठ , प्रा डा भरत भट्टराई, ,प्रा डा बिप्लव ढकाल,ज्ञान उदास, नरेन्द्र राज पौडेल, भीष्म उप्रेती, किशोर पहाडी,प्रभा भट्टराई,रविन्द्र आशिष् शैली, सुनिता कन्डङ्वा राई,डा शेखरकुमार श्रेष्ठ , लगायतले कविता वाचन गरे।

    बलराम दहाल, भैरवी भूगोल , राधिका गुरागाई, अनिल श्रेष्ठ , किशन पौडेल, ज्योति जंगल, दिल पौडेलपौडेल, महेशराज खरेल, दिनेशकुमार शर्मा,राजाराम राउत,सबिता श्रेष्ठ बेहोसी ,देवेन्द्र नेपाल, सन्ध्या जोशी लगायतले मिठामिठा सिर्जना पस्केर उपस्थित जनलाई मन्त्रमुग्घ पारे।

    यस्तै बुध्दिमान महर्जन , सम्पादिका ढुङ्गाना, असीम सागर, नीरा श्रेष्ठ , योगाज राजन, सुरेश सुवेदी, प्रमोद सारङ्ग, एल पी पराजुली, रचना गुरुङ्ग, सरिता राई, श्याम श्रेष्ठ , तोयानात्ग सुवेदी, सुनिता अधिकारी, रेणु कृष्ण, आयोग आण्डे, सुप्रीया अन्जली, सुधा मैनाली, अस्मिता श्रेष्ठ , चन्द्रलाल तमाङ्ग, सुशान्त के सी, कृष्णकुमार श्रेष्ठ , सन्ध्या जोशी , रुद्र अधिकारी, सुप्रीयान्जली घिमिरे, मिथिला अधिकारी, दिलबगादुर चौधरी, राधेश्याम लेकाली, यशोदा अधिकारी, रामनारायण देव, द्वारिका ढुङ्गाना, सरिता बलामी, सुरेमा श्रेष्ठ , नवोदिता शर्मा, बाबुराम श्रेष्ठ यात्री, रोमा लम्साल, सविता पोखरेल, अन्जु सापकोटा, हीरा राई, शुभचन्द्र राई, घन्श्याम श्रेष्ठ , रमा वली, लगायत उपत्यका भित्र र बाहिरबाट समेत थुप्रै कविहरुको उपस्थित रहेको थियो।

    विश्व कविता महोत्सव २०२५मा सङ्गीतकर्मी एव सञ्चारकर्मी सुमन बैरागी पण्डितले पनि मर्मश्पर्शी कविता प्रस्तुत गरेका थिए । यस्तै चर्चित संगीतकार तथा गायक प्रदीप बम्जनले एउटा राष्ट्र गीत अर्को पूर्वेली गीत सस्वर गाएर साहित्यिक माहौललाई मन्त्रमुग्घ तुल्याउंदै साहित्यकारहरूलाई लठ्याएका थिए ।

    कार्यक्रममा नेपालका २५ स्थापित कविका साथै काठमाडौं बाहिरका २५ युवा कविहरू अनि तन्नेरी र अभ्यासरत कविहरू गरी १00 जना कविहरुको भव्य उपस्थित रहेको थियो।

    संस्थाले अर्को कार्यक्रम नयाँ वर्ष २०८२को उपलक्षमा काठमाडौंको मुटु रत्नपार्कमा गर्ने जानकारी समेत गराइयो। कार्यक्रम संस्थाको अध्यक्ष मणिराज सिंहको सभाध्यक्षता संचालन गरिएको थियो भने स्वागत मन्तब्य श्यामप्रसाद श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा उदघोषण अर्थात् संचालन महासचिव उषा आचार्य र अन्चु सुबेदीले गर्नु भएको थियो।कार्यक्रम काठमाडौ अनामनगरस्थित डालो रेष्टुरेन्टको सभा कक्षमा विहान ११बजेदेखी साँझ ४ बजेसम्म भएको थियो।

    कार्यक्रमको विचमा मिठो खाजा र अन्त्तमा चियाको व्यवस्थाले सहभागीहरू मख्ख परे।कार्यक्रममा नेपालका २५ जना स्थापित कविका साथै काठमाडौं बाहिरका २५ कविहरू र अन्य युवा कविहरू गरी १00 जना कविहरुको उपस्थित रहेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु