
गैरआवासीय नेपालीहरुको ध्यान आगामी महिना काठमाडौंमा हुन गैरहेको विश्व सम्मेलनमा केन्द्रीत हुँदैछ । नेपाल राज्य भर्खरै प्राकृत विपदको पीडादायी र वैधानिक निर्माणको उत्सवपूर्ण क्षणबाट गुज्रिएपछि सैद्धान्तिक वहसहरुको स्वभाविक थाँती र पुनःनिर्माणको चरण स्वभाविक रुपमा प्राथमिकतामा स्थापित भएको छ । सम्भवतः अवको एनआरएन नेतृत्वको कार्यदिशा पनि यही राष्ट्रिय पुनःनिर्माण तय हुने कुरा लगभग निर्विवाद छ । दोहोरो नागरिकताको प्रमुख आवाज सम्वोधित भएपछि राष्ट्रसँग जोडिइरहने कडी र आम एनआरएनहरुलाई आकर्षित र सँगठित गर्ने सामथ्र्ययुक्त दर्शन र कार्ययोजना निर्माण पनि कार्यभारकै रुपमा आउनेछन र यसको अगुवाई गरी सँस्थालाई गति दिने नेतृत्वको छनोट पनि सम्मेलनको प्रमुख हिस्सा हो ।