‘सुनको औँठी’मार्फत् पूर्व पश्चिम जोड्दै गणेश र धनबहादुर (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार

जेठ ७, काठमाडौं । सबैलाई एकैथलोमा समेट्न सक्ने र एकआपसमा सद्भाव कायम राख्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेकै संस्कृति हो । पश्चिमी क्षेत्रमा प्रचलित कौरा गीतलाई पूर्वको शब्द संयोजन गराउँदै एक आपसमा सांस्कृतिक सद्भाव कायम गर्ने दौडमा छन् गायक गणेश गुरुङ र धनबहादुर गुरुङ । कौरा किङकै रुपमा चिनिने गायक गणेश गुरुङलाई नेपाली कला संस्कृतिलाई नजिकबाट माया गर्ने व्यवसायी धनबहादुर गुरुङले साथ दिन सफल भए । जसको फलस्वरुप पश्चिमको कौरालाई पूर्वको सेरोफेरोका शब्द मात्र नभएर धरानजस्तो शहरमा छायाँकनसमेत गर्न सफल भएका छन् ।

ginesh gurung 03
यस गीतलाई गायक गणेश गुरुङ र धनबहादुर गुरुङले लेखेका हुन् भने गणेश गुरुङकै लय संकलन रहेको छ । यस गीतमा सालैजोका किङ मानिने दुई गायक राजु गुरुङ, लोकप्रिय लोकदोहोरी गायिका मुना थापा मगर, चिना थापा र बबिता गुरुङको साथमा धनबहादुर गुरुङ र गणेश गुरुङ स्वर रहेको छ ।

ginesh-gurung
‘सुनको औँठी’ बोलको कौरा भाकाले विशेषगरि पूर्व र पश्चिमको संस्कृतिलाई एउटै डोरिमा बाँध्ने प्रयास गरेको छ । गीतका टुक्काहरुमा पश्चिमको संस्कृतिलाई पूर्वमा परिचत बनाउन खोजिएको गायक धनबहादुर गुरुङले बताए । विशेष गरेर पूर्वको धरान वरिपरि बस्ने गुरुङ, राई, लिम्बूहरुलाई पश्चिमको गीतसंगीत र संस्कृतिमा परिचित गराउन खोजिएको गायक गुरुङले बताए ।

ginesh gurung 02
उक्त गीतलाई निर्देशक मनाङ गुरुङको निर्देशनमा म्युजिक भिडियो निर्माण गरएको छ । गीतको सम्पुर्ण छांयाकनको काम पूर्वको धरान र आसपारमा नै गरिएको हो । गीतलाई खेम थापाले खिचेका हुन्, भने बिष्णुहरी तिमिल्सीनाले सम्पादन गरेका हुन् ।
कौरा र सालैजो विशेष गरि पश्चिमि गुरुङ र मगर समुदायमा लोकप्रिय मानिन्छ । गुरुङ विशेष गरेर कौरा र सालैजो गीत गाउन माहिर गायकका रुपमा परिचित गायक गुरुङले केही समयअघि गुरुङ चलचित्र प्हिरुमालामा समेत नायकको भूमिका निर्वाह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु