स्रोताको मायाकै कारण आधुनिकतर्फ लागें

Posted On: Saturday, October 19th, 2013

कस्तुप पन्त गीतकार÷संगीतकार आजभोली केमा व्यस्त हुनुहुन्छ ? म आजभोली गीतसंगीतकै क्षेत्रमा क्रियाशील छु । आफ्नो एल्बम सारथी–३ को निर्माण कार्यमा नै व्यस्त छु । साथै यस एल्बभित्रको गीतसंगीतको प्रमोशनमा पनि लागिरहेको छु । तपाईं त लोकगीतमा नाम चलेको मान्छे तर आधुनिकतर्फ किन मोडिनुभयो ? मैले लोकगीतमा ६ वर्षसम्म बिताएँ । त्यतिबेला मैले रचना गरेका गीतहरु प्राय सबै चर्चाको शिखरमा नै हुने गर्थे । कस्तुप पन्तको गीत हो भन्ने स्रोताहरुमा छाप छाडिसकेपछि म लोकगीतको स्रष्टा रहेछु भन्ने लाग्थ्यो । त्यसपछि…


स्वरमा मिठाससँगै ग्ल्यामर्स भए सुनमा सुगन्ध

Posted On: Thursday, October 3rd, 2013

सहिमा श्रेष्ठ, गायिका गायिका सहिमा श्रेष्ठ पछिल्लो समय नेपाली सुगम संगीतमा उज्जल भविष्य लिएर सांगीतिक क्षेत्रमा देखिएकी छन् । पाश्र्वगायनदेखि आधुनिकसम्म उनको दिनदिनै दबदबा बढ्दै छ । तीन वर्षअघि ‘सहिमा’ आधुनिक एल्बममार्फत गायन करिअर प्रारम्भ गरेकी सहिमा भन्छिन्, ‘सुगमसंगीतमै पहिचान बनाउने लक्ष्य लिएकी छु । मेरो उद्देश्य भनेकै गायनमा स्टार हुने हो ।’ अहिले दोस्रो एल्बम ‘मस्ती’ को प्रमोसनमा व्यस्त रहेकी सहिमासँग गरिएको कुराकानीको मुख्य अंश ः दिनचर्या कसरी बितिरहेको छ ? – रेकडिङ र कार्यक्रममै व्यस्त छु साथै, दोस्रो…


संगीतमा लागेर बाँच्न सकिन्छ

Posted On: Friday, August 30th, 2013

—अविद, गायक÷संगीतकार आजभोलि के मा व्यस्त हुनुहुन्छ ? नयाँ एल्बमहरुको तयारीमा जुटिरहेको छु, जसमा मेरो संगीत सहित नाम चलेका गायक गायिकाहरुको स्वर रहेको छ । मेरो एकल संगीत रहेको एल्बम ‘भाग्य’ को अन्तिम चरणमा कार्य भइरहेको छ, जसमा सुरेन्द्र महर्जनको एकल रचना रहेको छ । त्यस्तै नेपाल लगायत विभिन्न देशमा बसोबास गर्दै आउनु भएका गीतकारहरुको कलेक्सन एल्बमहरुको काम पनि भइरहेको छ । तपाईंले संगीत दिएको एल्बमहरु कति भए ? मेरो एकल संगीतको कुरा गर्दा उपासना, भाग्यलाई नै लिनुपर्छ भने कलेक्सन…


छोरीको सुसारमा सम्झना

Posted On: Thursday, August 29th, 2013

लोकदोहोरी गीतकी चर्चित मोडल सम्झना बुढाथोकी अचेल दोहोरीका भिडियोमा त्यति देखिन्नन् । उनले अभिनय गरे पनि पहिला जस्तो बजार गर्माउने चर्चा हुँदैन । यतिबेला उनी छोरी ‘स्याहारिरहेकी’ छिन् । उनलाई छोरी स्याहार्न मोडल विजय थापाले सघाइरहेका छन् । सहकार्यमा डान्स सेन्टर चलाइरहेका उनीहरूले गुपचुपमै सन्तान पो जन्माएकी भन्ने अनुमान लगाइरहनुभएको छ भने त्यो गलत हुनेछ ।  तस्बिर हेर्दा आफ्नै सन्तान स्याहारिरहेको जस्तो देखिए पनि तीजको गीत ‘मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा मोडलिङ गरेका हुन् उनीहरूले । छोरालाई महत्व…


गाईजात्रासँग गीतसङ्गीतको सम्बन्ध

Posted On: Thursday, August 29th, 2013

सन्तोष श्रेष्ठ विशेषगरी नेवार समुदायका मानिसहरुले मनाउने पर्वका रुपमा लिइन्छ गाईजात्रालाई । भाद्रकृष्ण प्रतिपदाका दिन वा जनैपूर्णिमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिंगारेर अथवा मान्छेलाई नै गाईको रुपमा सिंगारेर शहर परिक्रमा गराउने गरिन्छ । यसलाई देशि यात्रा वा गोयात्रा भनेर पनि परिभाषित गर्ने गरिन्छ । गाईजात्राकै अवसरमा मनोविनोदका रुपमा हाँस्यव्यंग्ययुक्त विभिन्न प्रदर्शनहरु गर्ने प्रचलन रहिआएको छ । सामाजिक रुपमा बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम कुरोलाई पनि…