हिरो हिरोईन भनेको पार्कमा नाच्ने मात्र होइन

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७०, बुधबार

अर्जुन कुमार पौडेल, नवनायक
नेपाली चलचित्र क्षेत्र विस्तार संगै नव कलाकार एवं चलचित्र क्रर्मीहरुको प्रवेशको क्रम पनि वढ्दो क्रममा रहेको छ । यसै क्रममा नेपाली रजतपटमा एक जना उदयमान कलकार को प्रवेश भएको छ उहाँ हुनुहुन्छ नेपाली कथानक चलचित्र कस्तो टेन्सन जुन हाल पोष्ट प्रोडक्सनको क्रममा रहेको छ भने अखडा र तरंग गरी दुई चलचित्रको निर्माण कार्य पनि सुरु भईसकेको छ । हामीले यिनै चलचित्रका नायक अर्जुन कुमार पौडेल संग केही अन्तरंग कुराकानी गरेका छौं ।

–अर्जुन जी तपाई के देखेर नेपाली रजतपटमा प्रवेश गर्नु भयो त ?
मलाई थाहा छ यतिवेला नेपाली चलचित्र क्षेत्र त्यती राम्रो छैन तथापी राम्रो छैन भन्दैमा हामीले हरेश खाने हो भने आउँदो पुस्ता सम्ममा यो क्षेत्र ईतिहासमा मात्र सिमित हुने छ त्यसकारण म मात्र हैन सक्षम व्यक्ति जो कोही पनि यो क्षेत्रमा आउनु पर्छ भन्ने मेरो मान्यता हो र म आफुलाई यो क्षेत्रमा एउटा सक्षम कलाकारको रुपमा स्थापित गराउने कोशिशका साथमा आएको छु हेरौ के हुन्छ यदि दर्शक महानुभावहरुको साथ पाउन सके भने पक्कै पनि एक दिन सफल हुनेछु ।

–नवकलाकार तथा नायकहरुलाई त पैसा नलगाई यो क्षेत्रमा आउनलाई निक्कै कठिन छ रे त ? तपाईको हकमा यो नियम लागु भयो की भएन ?
मैले पनि त्यस्तै सुनेको हुँ तर पनि मेरो हकमा भने त्यस्तो भएन मेरो यस क्षेत्रमा आउने रुचि पहिले देखिनै थियो र मेरा साथीहरु पनि यस क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन् र उनिहरुकै सल्लाह वमोजिम म यो क्षेत्रको लागी चाहिने आधारभुत तैयारी गरेर नै यो क्षेत्रमा आएको हँु मैले त्यस्तो हिरो वन्नकै लागी लगानी भने गरेको छैन ।

arjun–तपाईले अभिनय गरेको चलचित्र कस्तो टेन्सन प्रदर्शनको क्रममा रहेको छ तपाई कत्तिको आशावादी हुनुहुन्छ ?
पक्कै आफुले अभिनय गरेको चलचित्रवाट आशावादी हुनु स्वभाविक नै हो तर कस्तो टेन्सन चलचित्र वास्तवमै राम्रो कथा बस्तु समेटिएको चलचित्र हो यो चलचित्र प्राविधिक रुपमा पनि निक्कै स्तरिय छ निर्देशक शिव घिमिरेले पनि उत्कृष्ट काम गर्नु भएको छ । अन्य कलाकार साथीहरु भुवन भुजेल, विनिता घिमिरे, मोनिका दहाल लगाएतले पनि राम्रो काम गर्नु भएको छ यस कारण सवैको काम राम्रो र स्तरिय भएकोले पक्कै राम्रो हुनेमा म आशावादी छु ।

– यहाँ कलाकारहरु वढि जसो हिरो÷ हिरोईन वन्ने कोशिशमा हुन्छन, के तपाई पनि हिरोमात्र वन्ने कोशिशमा हो ? की कालन्तरमा आफुलाई अव्वल दर्जाको कलाकार रुपमा स्थापित हुनको लागी अलग किसिमका चरित्र पनि निभाउनुहुन्छ ?
हिरो हिरोईन भनेको पार्कमा नाच्ने,वाईकमा घुम्नेमात्र हो भने मेरो भन्नु केही छैन विषय वस्तुलाई न्याय गर्न सक्ने र आफु लाई दिएको चरित्रलाई वुझेर त्यसलाई न्याय गर्न सक्ने मेरो विचारमा तिनीहरु नै नायक वा नायिका हुन् म पनि चरित्रलाई वुझेर सकेसम्म आफुलाई अव्वल वनाउने कोशिशमा हुनेछु पात्र यहि भन्ने छैन मलाई सुहाउँदो हुनुपर्यो ।
–अन्त्यमा तपाईलाई केही भन्नु छ ?
नेपाली चलचित्रलाई माया गर्नुहोस्, नेपाली चलचित्रलाई पनि हेर्ने वानी वसाल्नु होला म जस्ता धेरै नेपाली चलचित्र कलामा समर्पित भएका मानिसहरुलाई प्रोत्साहन र हौसला दिनुहोस् हाम्रो कला र संस्कृति रहे मात्र तपाई हामी पनि रहन्छौ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु