केसी र थापाको सपना चक्नाचुर

Posted On: Thursday, October 3rd, 2013

चलचित्रका अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापा पार्टीले प्रत्यक्षबाट दिने टिकट दिन्छ भनेर हल्ला गर्दै हिडेको भए पनि अन्नतः पार्टीले उनीहरुलाई दिने भनेको टिकट अर्कैलाई दिएपछि उनीहरुको सपना चक्नाचुर भएको छ । अभिनेता भुवन केसीलाई एमालेले काठमाडौं– १ बाट टिकट दिने भने पनि अन्ततः उनको चर्को आलोचना पार्टीभित्र भएपछि उनको ठाउँमा विद्या न्यौपानेलाई टिकट दिने पार्टीको निर्णय भइसकेको निकट स्रोतले जनाएको छ । केसी एमालेमा दुई वर्षअघि मात्र प्रवेश गरेका थिए । एमालेले टिकट नदिए केसीले राप्रपा नेपालमा जाने…


अभिनयमा उत्तम

Posted On: Thursday, September 26th, 2013

गायक उत्तमजंङ लिम्बूले अभिनयमा समेत पाइला राखेका छन् । पछिल्लो समय व्यस्त पाश्र्व गायकका रुपमा चिनिएका उत्तमले नेपाली डुक चलचित्र ‘बाह्र नेपाली एक चिहान’ मा आफ्नो अभिनय खुबी देखाएका छन् । अरुण प्रधान निर्देशित ‘बाह्र नेपाली एक चिहान’ २०६१ भदौ १६ मा इराकमा १२ जना नेपालीको हत्यामा आधारित चलचित्र हो । यस चलचित्रमा अभिनय गरेपछि उत्तमले भने, ‘यर्थात विषयवस्तुमाथि बनेको चलचित्र भएकाले अभिनखय गरेको हुँ । यस्तै यर्थातपरक चलचित्रमा प्रस्ताव आए अरु पनि चलचित्रमा अभिनय गर्नेछु ।’ गायन रियालिटी शो…


माइलीका काण्डै काण्ड

Posted On: Thursday, September 26th, 2013

हुनेवाला श्रीमान्ले बेलायती गायिका माइली साइरसको तारिफ गरेको खबर गत साता सार्वजनिक भयो । त्यसको लगत्तै लियम हेम्सवर्थसँग माइलीको ब्रेकअप भएको समाचार पनि आयो । जानकारका अनुसार माइलीको उच्छृंखल क्रियाकलापबाट वाक्कदिक्क भएर लियम टाढिएका हुन् । म्युजिक भिडियोमा मुखमैथुन गरेको हाउभाउ गर्ने, स्टेज कार्यक्रममा सम्भोगको आसन प्रदर्शन गर्नेदेखि सञ्चारमाध्यसामु विनाहिचकिचाहट छाडा बोल्ने माइलीको स्वभावले अरूलाई त पिरोल्थ्यो भने लियमलाई किन नपिरलोस् ? लियमसँग ब्रेकअप भएकोमा माइली कत्ति दुःखी छैनन् । हालै उनी सार्वजनिक कार्यक्रममा जालीदार कपडाभित्र स्तन र निप्पलजस्तो देखिने…


हिंसात्मक प्रेमकथा रामलीला

Posted On: Thursday, September 26th, 2013

मुम्बई, (एजेन्सी) । बलिउडका चर्चित निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘रामलीला’ को ट्रेलरले अहिले चर्चा पाइरहेको छ । भन्सालीले ‘रामलीला’ लाई हिंसात्मक प्रेमकथामा आधारित फिल्म भनेका छन् । केही दिनअघि मात्र यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अहिलेसम्म भन्सालीले आफ्नो फिल्ममा हिंसात्मक प्रेमकथा प्रस्तुत गरेका छैनन् । ‘रामलीला’ पनि उनले भनेजस्तो छैन । फिल्म टाइटल ‘रामलीला’ छैन, बरु फिल्ममा रासलीला प्रस्तुत गरेका फिल्म समीक्षकले जनाएका छन् । तर, जेसुकै होस्, फिल्मको ट्रेलरले भने चारैतिरबाट प्रशंसा पाइरहेको…


ब्रेकअप हल्ला मात्रैः ऋतिक

Posted On: Tuesday, September 24th, 2013

मुम्बई, (एजेन्सी) । बलिउडका डान्सिङ हीरो ऋतिक रोशनको जीन्दगीको आधा हिस्सा उनकी प्यारी पत्नी सुजेनमा अढिएको छ । भन्निछ, ऋतिक सुजेनविना केही पनि सोच्नै सक्दैनन् । हरेक निर्णयको अधिकार उनले सुजेनलाई सुम्पेका छन् । यस्तो प्रियजोडीको ‘ब्रेकअप’ होला भन्ने सोच्नै सकिन्न । तर, केही दिनअघि अचानक यस्तो हल्ला फैलियो कि, ‘ऋतिक र सुजेनबीच ब्रेकअप ।’ उक्त हल्लाले बलिउडमा सनसनी फैलियो । धेरैले उक्त अपवाहलाई सकारात्मक लिए अर्थात् पत्याए पनि । किनकि, कलाकारको जीवन कतिखेर प्यार हुन्छ, कतिखेर ब्रेकअप टुंगै हुँदैन…


भट्टराई र राजथारुसहित सम्मानित

Posted On: Sunday, September 15th, 2013

चलचित्र पत्रकारितामा निरन्तर लागिरहेका पत्रकार कृष्ण भट्टराई र दिपेश राजथारुलाई कलाकार संघले आफ्नो १२ औं साधारणसभाको अवसर पारेर ‘नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७०’ बाट पुरस्कृत गरेको छ । लामो समयदेखि कान्तिपुर पब्लिकेसनको साप्ताहिकमा कार्यरत रहेका भट्टराई र डिसी नेपाल डटकममा कार्यरत रहेका राजथारुले रङ्ग पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई कलाकार संघले सम्मान गरेको हो । त्यस्तै संघले ५१ हजार १ रुपैया“ राशीको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७०’ बाट अभिनेता कृष्ण मल्ललाई र १५ हजार १ रुपैया“…


यो कथा हो तिम्रो मेरोको छायाँकन समाप्त

Posted On: Tuesday, September 10th, 2013

द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र यो कथा हो तिम्रो मेरोको छायाँकन कार्य समाप्त भएको छ । ४५ दिनको छायाँकन सेड्युलसहित छायाँकनमा गएको यो कथा हो तिम्रो मेरोले काठमाडौंका विभिन्न ठाउँमा छायाँकन गरेको हो । बतासे डाँडा, भृकुटीमण्डप, नुतन स्टुडियो, लोकन्थली, धुम्बराही लगायतका विभिन्न स्थानको दृश्यहरुलाई समावेश गर्दै छायाँकन गरेको हो । ओम प्रतिकको लेखन निर्देशन रहेको यो कथा हो तिम्रो मेरोमा गणेश उप्रेती, सुमन सिंह, रुपा राना, रिस्ता बस्नेत, रवि कार्की, ओम प्रतीक लगायतको प्रमुख भूमिका रहेको छ…