• केपी वली र कृष्णप्रसाद सिटौलाकै क्षेत्रमा राप्रपा

    म्यूजिक खबर
    प्रकाशित: २० असार २०७४, मंगलवार

    कसरी भयो केपी वली र कृष्णप्रसाद सिटौलाको निदहराम् ?


    २० असार, काठमाडौं । स्थानिय चुनावको मत परिणाम राप्रपाका लागि निराशाजनक बन्यो । चुनाव अगाडि राप्रपा अब मुलुकको पहिलो पार्टी बन्न बेर छैन भन्ने किसीमका भविष्यवाणी कम्युनिष्ट पार्टीबाटै नभएको होइन । तथापि पार्टी कहाँ चुक्यो अर्थाट पार्टीका नेता कहाँ चुके, जनताको माया पाइरहेको पार्टीलाई जनताले पत्याइदिएनन् । तर प्रंसग यतिबेला अलिक मोडिएको छ । आशा र भरोसा जस्तो गरिएको थियो, त्यो किसिमको परिणाम नआए पनि राप्रपालाई भन्दा पनि चिन्ता दुई ठुला पार्टीका ठुला नेतालाई परेको छ ।

    जनता त परको कुरा त्यहाँको माटो सुँगे पनि कांग्रेसकै बासना आउने क्षेत्र झापाको कचनकवल गाउँपालिका अर्थात कृष्णप्रसाद सिटौलाको क्षेत्रमा राप्रपाले गाउँपालीका प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ । त्यस्तै स्थानिय चराचुरुङ्गी, बस्तुभाउ सबैलाई एमाले नै मान्ने अर्थात् एमालेका अध्यक्ष केपी वलीको क्षेत्र हल्दिबारी गाउँपालिका प्रमुखमा राप्रपाकै रविन्द्र लिङदेन विजयी भएका छन् । पार्टीको बलियो पकड रहेको क्षेत्रमा पराजय भोग्नुपरेपछि यतिबेला वली र सटौलाको निदहराम् भएको छ ।

    rabindra-lingden-anjar-alam

    राप्रपाले मुलुककै होचो स्थानको रुपमा चिनिएको झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा जित निकालेको हो । कचनकवल गाउपालिकामा राप्रपाले अध्यक्ष र उपाध्यक्ष सहित ३ वडाको वडाध्यक्ष पदमा जित हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा राप्रपाका अन्जरा आलम ५ हजार ८१६ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजबंशीले ५ हजार ३५३ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा राप्रपाकै निनसरी राजबंशी ५ हजार ७७४ मतका साथ निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्धन्दि कांग्रेसकी गीता ओडारी खरेलले ५०७२ मत प्राप्त गरिन् ।

    ७ वटा वडा रहेको यस गाउँपालिकामा तीन वटा वडामा राप्रपा विजय भएको छ । वडा नम्बर १ बाट राप्रपाका लक्ष्मीनारायण यादव, वडा नम्बर ३ बाट राप्रपाका बिजयकुमार राजबंशी, वडा नम्बर ५ बाट राप्रपाका महेशलाल गणेशले बाजी मारे ।
    झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन विजयी भएसँगै झापामा राप्रपाले दोस्रो जित हात पारेको छ । हुनुभएको हो । यसअघि राप्रपाले झापाको दक्षिणी भागमा रहेको कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो । उक्त गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाका उम्मेद्वारले विजय हाँसिल गरेका थिए । राप्रपाका लिङ्देनले ३ हजार ९४३ मत प्राप्त गर्नुभयो । उहाका निकटतम प्रतिद्वन्दी एमालेकी मञ्जु सापकोटाले ३ हजार ५४३ मत प्राप्त गरिन् ।उपाध्यक्ष पदमामा निर्वाचित गिरीले ४ हजार ३८६ मत प्राप्त गर्नुभयो भने उहाका निटकतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चन्द्रकला राईले २ हजार ७४७ मत प्राप्त गर्नुभएको छ ।
    ५ वटा वडा रहेको यस गाउँपालिकाको ५ मा पनि राप्रपाका शेर बहादुर थापाको प्यानल नै विजयी भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु