• गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: ८ कार्तिक २०७७, शनिबार

    काठमाण्डौं
    गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र गायक लोक पौडेलको गीतमा स्वर रहेको छ । माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

     मायामा रहेका युगल जोडि विचको प्रेम वार्तालापलाई गीतमा ब्यक्त गरिएको छ । संजय हमालको एरेन्ज गीतमा छ । ज्ञानु राईको छायाँकन , विर बहादुर थारुको सम्पादन तथा उसा मलाहाको निर्देश्न भिडियोमा रहेको छ । ”वल्ली होइन पल्ली ” गीतको भिडियोमा एलिना चौहान र जिवेश  गुरुङको अभिनय रहेको छ  ।
    ”वल्ली होइन पल्ली ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु