• ‘ठेट शब्द रुचाउँछु’

    म्यूजिक खबर
    प्रकाशित: १ माघ २०७१, बिहीबार

    सुर संवाद- तेजश रेग्मी, गायक


    के गर्दै हुनुहुन्छ अचेल ?
    मेरो स्वरमा रहेको नयाँ गीत ‘रातो गाडी’ यही हप्तादेखि बजारमा आएको छ । त्यसैको प्रमोसनमा लागिरहेको छु । लगत्तै टिपिकल लोकगीत ‘तामे गाउरी’ पनि आउँदैछ ।
    आफूलाई गायकका रूपमा चिनाउने कि गीतकारका रूपमा ?
    यो क्षेत्रमा गीतकारका रूपमा प्रवेश गरियो । त्यो बाध्यता थियो । गायक नै बन्न चाहन्थेँ । मोडलिङ पनि गरिरहेको छु । त्यसमा पनि रुचि छ ।
    धेरै डुंगामा खुट्टा राख्दा डुबिएला नि ?
    अहिले त समय नै यस्तै छ । मीठो गाएर मात्रै हुँदैन, अनुहार पनि चिनाउनुपर्छ । मान्छेको स्वर मीठो भयो र राम्रो पनि देखियो भने स्टेज कार्यक्रमका लागि अफर आउने हुन् ।

    सुरुमा गायक नबन्ने कस्तो बाध्यता आइलागेको थियो ?
    नयाँ गायकको गीत बजारमा ल्याउन म्युजिक कम्पनीहरूले नमान्ने भएपछि मेरो रचनामा पुरुषोत्तम न्यौपानेले स्वर दिएका थिए ।
    गायक बन्न कति समय लाग्यो ?
    गीत गाउन थालेको त केही समय भयो । तर, ‘घुम पाकुम घुम’ भन्ने गीतमार्फत चिनिएको हुँ ।
    कस्ता खालका गीत गाउन र लेख्न रुचाउनुहुन्छ ?
    ठेट शब्द भएका शब्द । मैले गाएका र लेखेका ‘घाँसै राम्रो सिरु’, ‘घुम पाकुम घुम’, ‘मकै खाउली महीसित’ जस्ता गीतमा गाउँका टिपिकल शब्द छन् । आउँदै गरेको ‘तामे गाउरी’ पनि ठेट नै छ ।
    अहिलेको समयमा ठेट शब्द चल्दैनन् भन्ने पनि छन् नि ?
    लोकगीतमा मौलिकता हुनुपर्छ भन्ने लाग्छ मलाई । त्यसैले सकेसम्म ठेट शब्द प्रयोग गर्छु । अहिलेसम्म रुचाइएका पनि छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु