नायिका तथा मोडल अनिता गिरी भ्यालेन्टाइन डे मा एक्लै ?

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरीको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । उनै नायिका तथा मोडल अनितासँग गरिएका कुराकानीका केही अंश:

भ्यालेन्टाइन डे तपाईंको लागि कतिको स्पेसल छ?

मेरो लागि खासै केहि पनि स्पेसल त छैन कुनभने म हाल नम्बरि सुनको सुट मै छु।

कस्तो खालको प्रेमीको खोजीमा हुनुहुन्छ तपाईं?

माया गर्ने जोडिलाई भ्यलेन्टाइन डे नै कुर्नु पर्छ भन्ने छैन। मया गर्ने जोडिलाई जुनैपनी डे स्पेसल डे हो ।

कस्ता खालका प्रेम प्रस्तावहरु आउछ्न ?

दर्जनौ प्रेम प्रस्तावहरु नआएका होइनन् । तर विशेष प्रस्ताव अहिले सम्म नआएको। “आइ लभ यु” भन्ने शब्द नै सामन्य हुन थाल्यो । तर अहिले सम्म सिङ्गल नै छु।

तपाईंको रोजाईमा कस्तो प्रेमी होस भन्ने चाहानु हुन्छ?

सबैभन्दा ठुलो कुरा विश्वास हो र धेरै माया गर्ने होस् । सोच पनि एउटै किसिमको होस भन्ने चाहन्छु ।

नायक पल शाहलाई प्रेम दिवसमा कसरी सम्झिन चाहनु हुन्छ?

आजको दिन मात्र मैले उहालाइ सम्झेकि होइन तर मेरा कयौ अन्तर्वार्तामा उहाँ प्रतीको मेरो भावना र उहालाइ दिने सम्मान दिइ रहेकी हुन्छु । हामी सम्पुर्ण इन्डस्ट्रीनै उहालाइ मिस गरिरहेका छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु