अन्जानमा गल्ती भो क्षमा पाउ गल्ती दोहोरीन्न: अन्जु (अडियो अन्तर्वार्ता)

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७१, सोमबार

लोकराज अधिकारी, ६ असोज
गायीका अन्जु पन्तले आफुबाट अन्जानमा गल्ती भएको भन्दै क्षमा याचना गरेकी छन । उनले भबिश्यमा गल्ती नदोहोरयाउने प्रतिबद्धता पनि ब्यक्त गरेकी छन् । रेडियो सगरमाथासंगको अन्र्तवार्तामा उनले पटक पटक सबैखाले  धर्म र संस्कृति प्रति आफनो सम्मान रहेको बताइन । उनले आफुले यस अघि मण्डलीमा बोलेका कुरा बिक्षिप्त मानसिकताका बेला हौसिएर ब्यक्त भएको दाबी गरेकी छन । यो प्रकरणले आफनो आत्मा रोएको र गल्ती बाट आफुले पाठ सिकेको बताएकी छिन् ।  गीत नगाएको भन्ने प्रसंगमा उनले आफू बिरामी भएकोले स्टुडियो जान नसक्ने अवस्थामा पनि ब्यवसायिक धर्म निर्वाहका लागि स्टुडियो पुगेको तर किडनीको पहिलेदेखिको समस्याका कारण गाउन नसकेको स्पष्टिकरण दिएकी छन् । धर्मसँग जोडेर आएको कुरा अस्विकार गर्दै भनिन सबैका लागि सबैखाले गीत गाएकी छु गाइरहने छु । मण्डलीमा आफुले २ वर्ष अगाडी बोलेको कुरा गीत नगाएको प्रसंग जोडेर समाचार आउँदा आफू भक्कानिएको र त्यो गोहिको आँशु नभै आत्मा रोएको  अन्जुको भनाई छ ।  मण्डलीमा बोलेको कुराले आफूलाई पोलेको भन्दै अन्जुले जानाजान त्यसो नगरेको  र अन्जानको गल्ती भएको भन्दै उनले भविश्यमा गल्ती नदोहो¥याउने प्रतिबद्धता पनि ब्यक्त गरेकी छन् ।  अन्जुले यसअघि विज्ञप्ती मार्फत सार्वजनिक माफी मागीसकेकी छन् । सम्बन्धित ब्यक्तिले गल्तीलाई स्वीकार गर्नु र आत्माआलोचना गर्नु नै उसका लागि ठूलो सजाय हो । घृणाले क्रोध जन्माउँछ ।  क्षमादानले सद्भाव । त्यसैले सद्भाव खलबलिन दिनु हुँदैन ।
अन्र्तवार्ताको सम्पादित अंश सुन्नु होस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु