छविले मेरो प्रतिभा देखेर ल्याएका हुन् : शिल्पा

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७१, शनिबार

अभिनेत्री शिल्पा पोखरेल अभिनीत पहिलो चलचित्र ‘लज्जा’ ७ कात्तिकबाट रिलिज हुँदैछ । सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेर निर्माता छवि ओझाको प्रोडक्सनबाट अभिनयमा प्रवेश गरेकी शिल्पा अहिले रजतपटमा चर्चामा छिन् । उनी चलचित्रमा काम गरेकै कारणले मात्र चर्चामा आएकी होइनन्, अभिनेत्री रेखा थापाको ‘रिप्लस’ गरेपछि मिडियामा छाएकी हुन् । त्यसो त शिल्पा भन्छिन्, ‘म आफ्नै प्रतिभाले अभिनयमा आएकी हुँ, रेखाको रिप्लेस होइन ।’ उनले ‘लज्जा’ ले आफ्नो करिअर निर्धारण गर्नेसमेत बताइन् । शल्पा अभिनीत दोस्रो चलचित्र ‘हवल्दार सुन्तली’ पनि प्रि–प्रोडक्सनमा छ । ‘लज्जा’ र ‘हवल्दार सुन्तली’ दुवै नारीप्रधान चलचित्र हुन्

यो क्षेत्रमा तपाईंको प्रवेश कसरी भयो ?
टेलिचलचित्र ‘घरबेटी बा’ मार्फत यस क्षेत्रमा प्रवेश गरेकी हुँ । ‘घरबेटी बा’ मा मेरो मामा पर्ने एकजना असिस्टेन्ट हुनुहन्थ्यो । उहाँले मलाई घरबेटी बामा काम गर्ने हो भन्नुभयो । त्यसपछि काम गरेकी हुँ । टेलिचलचित्रमा काम गर्दागर्दै म्युजिक भिडियोमा मोडलिङ गर्न थालेँ ।
छविराज प्रोडक्सनमा चाहिँ कसरी आइपुग्नु भयो ?
म्युजिक भिडियोमा काम गरिरहेकी थिएँ । त्यो समयमा छवि सरलाई नयाँ अनुहारको हिरोइन चाहिएको रहेछ । त्यो कुरा कोरियोग्राफर शंकर बिसीले सुनाउनुभयो । उहाँले यहाँ ल्याउनुभयो । मलाई चलचित्र ‘लोफर’ का लागि ल्याइएको थियो । तर, यहाँ आएपछि छवि सरले ‘लोफर’ मा सानो भूमिका मात्र छ । म अर्को नारीप्रधान चलचित्र बनाउँदैछु । त्यो चलचित्रमा काम गर्नु भन्नुभयो । त्यसका लागि अडिसन पनि दिएँ । अडिसनमा पास भएरै लज्जामा काम गरेकी हुँ ।
‘लज्जा’ मा लिड रोल गर्ने हिम्मत कसरी आयो ?
आँट ग¥यो भने गर्न सकिन्छ भन्ने मेरो धारणा थियो । र, अडिसन पास भइसकेपछि त गर्नसक्छु भन्ने ममा आत्मविश्वास बढ्यो । मलाई लाग्छ, लज्जामा मैले आफ्नो भूमिकाको न्याय गरेकी छु ।
‘लज्जा’बाट कतिको अपेक्षित हुनुहुन्छ ?
एकदमै अपेक्षित छु । यसै चलचित्रले मेरो करिअर निर्धारण गर्नेछ । चलचित्रमा मेरो स्ट्र«ङ भूमिका छ ।
आफ्नो भूमिकाबारे बताउन मिल्छ ?
समाजबाट तिरस्कृत नारीको भूमिका गरेकी छु । सबै भन्न मिल्दैन किनकि, थोरै भन्दै चलचित्रको विषयवस्तु खुल्न सक्छ । लज्जामा म प्रिया र पार्वती नामको युवतीको भूमिकामा देखिँदैछु ।
तपाईंको दोहोरो भूमिका हो ?
होइन । तैपनि मेरो दुइटा नाम हुन्छ । कसरी यस्तो भयो भन्ने कुरा चलचित्र रिलिज भएपछि थाहा हुन्छ ।
छविराज प्रोडक्सनबाहेक अरु निर्माता÷निर्देशकको चलचित्रमा काम गर्नुभएको छैन । किन ?
लज्जा मेरो पहिलो चलचित्र हो । त्यसैले यो चलचित्र रिलिज नभइञ्जेल अर्को चलचित्रमा काम नगर्ने भनेर बसेको हुँ । अरु निर्माता÷निर्देशकको चलचित्रमा काम नगर्ने होइन । लज्जा रिलिज भइसकेपछि अवश्य गर्छु ।
तर, हल्दार सुन्तलीमा त काम गर्नुभयो नि ?
हवल्दार सुन्तली पनि छविराज प्रोडक्सनकै हो । त्यसैले गरेको हुँ । लज्जा रिलिज नभएसम्म अरुको प्रोडक्सनमा चाहिँ काम नगर्ने भनेरै बसेकी हुँ ।
फेरि हवल्दार सुन्तली रिलिज नभएसम्म अरुको चलचित्रमा काम गर्ने भन्दै एक वर्ष विताउने होइन ?
होइन, होइन । लज्जा मेरो पहिलो चलचित्र भएकाले काम नगरेको हुँ । यो चलचित्रले मेरो करिअर निर्धारण गर्नेवाला छ । त्यसैले पनि अरुको चलचित्रमा काम नगरी बसेकी हुँ । मलाई मनपर्ने विषयवस्तुमा निर्माण हुने चलचित्रमा प्रस्ताव आयो भने काम गर्न तयार छु ।

11220486396_358b94e789_b
अरुको चलचित्रमा काम गर्नलाई छविराज प्रोडक्सनसँग अनुमति माग्नुपर्छ कि पर्दैन ?
पर्दैन । किन अनुमति माग्ने ? म कलाकार हुँ । सबैको चलचित्रमा काम गर्छु ।
तपाईंलाई रेखा थापाको स्थानमा छविराजले ल्याएको भन्छन् नि ?
हल्ला त जे पनि हुन्छ । तर, म रेखाको ठाउँमा आएकी होइन । मैले अडिसन पास गरेर आएकी हुँ । उहाँलाई (छविराज) नयाँ अनुहार चाहिएको थियो । त्यसैले म आएँ । पुरानो अनुहार चाहियो भने फेरि रेखालाई पनि ल्याउनुसक्नु हुन्छ ।
नहुँदो हल्ला कसरी फैलाइयो होला ?
रेखा दिदीलाई पनि उहाँले नै ल्याउनुभएको हो । र, चलचित्र ल्याउने वित्तिकै बिहे गर्नुभयो । त्यसैले होला, अहिले ममाथि पनि त्यस्तै मानसिकताले हेरियो । यस्तो हल्ला चल्नु सामान्य पनि हो । तर, बजारमा हल्ला भएजस्तो हाम्रो सम्बन्ध छैन । हाम्रो सम्बन्ध भनेको निर्माता र हिरोइनको मात्रै हो ।
रेखा थापालाई तपाईंले कसरी बुझ्नुभएको छ ?
उहाँ एकदमै राम्रो एक्टे«स हुनुहन्छ । उहाँसँग मेरो यही ठाउँ (नमस्ते नेपाल परिसर) मा एकपटक भेट भएको हो । त्यतिखेर उहाँले राम्रो काम गर्नु भन्नुभयो । रेखाले मलाई यति भन्नु पनि ठूलो कुरा हो ।
दुई चलचित्रमा अभिनय गर्नुभयो । दुवै नारीप्रधान । यसमा तपाईं के भन्नुहुन्छ ?
यो एउटा संयोग हो । हवल्दार सुन्तली पनि नारीप्रधान चलचित्र हो । चलचित्रमा मेरो भरपूर्ण एक्सन छ । म हवल्दार सुन्तलीको भूमिकामा छु । यो चलचित्रमा मैले स्टन्डसमेत गरेकी छु । यसअघि मैले कहिल्यै स्टन्ड गरेकी थिइनँ । पहिलोपटक एक्सन तथा स्टन्ड गर्दा मलाई चोटपटक समेत लाग्यो । एक दिन हल्दार सुन्तलीको सुटिङ स्थलमा बेहोस भएर लडेंँ । म बेहोस भएको समेत थाहा भएन । दर्शकले मलाई हवल्दार सुन्तलीमा एक्सन लेडीका रुपमा पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु