‘टप मोडल वर्ल्डवाईड २०१८’मा संसारभरका मोडलसँग स्पर्धा गर्दै नेपालका निशान

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार

काठमाण्डौ। म्यानहन्ट नेपाल २०१६का मिस्टर पर्सनालिटी तथा टप मोडल नेपाल २०१८‘ विजेता निशान चौहान लण्डनमा हुने टप मोडल वर्ल्डवाईड २०१८मा सहभागी हुने भएका छन् । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी दिएका छन् ।

उक्त प्रतियोगिता आगामी एप्रिल ३ मा सम्पन्न हुनेछ । संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढिको सहभागिता रहने बताईएको छ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलहरुसँग आफुले प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पत्रकार सम्मेलनमा निशानले बताए । म नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छ‘ निशानले भने, ‘नेपालीले विश्वभरका प्रतियोगीसँग प्रतिष्पर्धा गर्न लाग्दा सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछ‘ । पत्रकार सम्मेलनमा निशानले टप मोडल वर्ल्डवाईड २०१८को उपाधी नेपाल ल्याउन आफुले शतप्रतिशत मेहनत गर्ने बताए ।

उक्त कार्यक्रममा टप मोडल वर्ल्डवाईडकी नेपाल र भारतकी निर्देशक रजनी सुब्बाम्यानहन्ट नेपालका सिईओ अनुप सक्सेनाकलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ्ग म्यानेजर निरु धौगोडाडाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै टप मोडल वर्ल्डवाईडकी नेपाल र भारतकी निर्देशक सुब्बाले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई ज्ञापन गरिन् । म्यानहन्ट नेपालका सिईओ सक्सेनालेम्यानहन्ट नेपाल २०१६का मिस्टर पर्सनालिटी निशानलाई टप मोडलले बिश्वास गरेर प्रतियोगितामा सहभागि गराएकोमा टप मोडल वर्ल्डवाईडलाई धन्यवाद व्यक्त गरे ।

 

‘TOP MODEL’ यूकेमा रहेका क्यान्सर पीडित बालबालिकाको स्वास्थ्यउपचारमा सहयोग गर्दै आएको संस्था हो । ‘TOP MODEL WORLDWIDE 2018’का प्रतोयोगीलाई भोट गर्दा क्यान्सर पीडित बालबालिकाको स्वास्थ्य उपचारको लागी रकम संकलन हुने पारदर्शी व्यबस्था गरिएको छ । भोट नेपालबाट पनि गर्न सकिने व्यबस्था गरिएको बताईएको छ । उक्त प्रतियोगिता विजेताले नगद पुरस्कार तथा अन्य अवसरहरु प्राप्त गर्नेछन् । सन् २००८ मा स्थापना भएको यो संस्थाले हालसम्ममा £140,000 बराबरको रकम क्यान्सर पीडित बालबालिकाको लागी खर्च गरिसकेको छ ।

को हुन् निशान चौहान ?

सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका २९  बर्षिय बिरगञ्जपर्सा निवासी निशान हाल राजधानी काठमाण्डौमा नै रहेर आफ्नो मोडलिङ्ग करिअरलाई अगाडी बढाईरहेका छन् । उनि टप मोडेल नेपाल २०१८का विजेता हुन् भने म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६का मिस्टर पर्सनालिटी हुन् । निशानले नेपाली चलचित्रपर्वमा समेत अभिनय गरेका छन् । उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु